महेश सिंह
सिरहा लहान, कार्तिक ५ गते ।
सिरहाको लहानमा लायन्स कलब अफ फुलवारीद्वारा दशै दिपावली तथा छठ पर्वको सुभ कामना अदान प्रदान र सर सफाई कार्यक्रम सम्पन्न गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी बृहत रूपमा सरसफाई कार्यको थालनी गरेको हो । चार्ड पर्वलाई लछित गरी क्लबले सरसफाईको आयोजना गरेको आयोजक समितिका प्रतिनिधि तथा जसपा नेपालका युवा नेता बिजय कुमार यादवले जानकारी दिए । सफा लहान स्वच्छ लहान मुल नाराको साथ लहानको दुर्गा मन्दिर बजार आसपासको सडकमा सरसफाई गरेका हुन् ।
प्रमुख अतिथि चौधरीले ब्यानर वाचन गरेर कार्यक्रमको सुरुवात गर्दै विभिन्न रोगबाट जोगीनु सरसफाई जरुरी रहेको र सुन्दर, सफा नगर बनाउने अभियानमा लागेका क्लब प्रति अभार प्रकट गर्दै नगरपालिकाको तर्फबाट सराहनीय कार्यको लागी धन्यवाद दिएका थिए ।
निरन्तर सरसफाईमा खटीएकाहरु मध्ये एक महिला र एक पुरुष गरी दुई जनालाई प्रमुख चौधरी र क्लबका अध्यक्ष साहले समान गर्दै सरसफाई अभियानमा लागेका सम्पुर्णलाई धन्यवाद दिँदै आउने दिनहरुमा निरन्तर सरसफाईको कार्यलाई अगाडी बढाउने र हरेक नागरिकमा जनचेतनाको विकास होस भन्ने उदेश्यले अभियान सुरु गरेको हो । क्लबका संस्थापक निवर्तमान अध्यक्ष प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
कल्बका अध्यक्ष राजु साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी, विशिष्ट अतिथिमा उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास सारडा, क्यान्सर अस्पतालका अध्यक्ष अशोक अमात्य, क्लबका संस्थापक अध्यक्ष राकेश झा, रामानन्द गुप्ता, डा.रितेश गिरी, सिद्धार्थ बैंक लहान प्रबन्धक राम प्रमोद यादव, अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष संजय अग्रवाल लगायत संयौ अतिथिहरुको उपस्तिथि रहेको आयोजकले बताए ।