https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनबिर महतो
गाैशाला, ९ गते । 
महोत्तरीमा रुपान्तरण झिझिया नृत्य प्रतियोगिताको उपाधि गौशालाको विषहरपुरले उचालेको छ । विहीबार रेडियो रुपान्तरणले आयोजना गरेको सो प्रतियोगितामा विषहरपुर ववि सिंहको टोलीले पहिलो स्थान कायम राख्न सफल भएको छ ।

त्यस्तै दोस्रो स्थानमा निगौल टिम, तृतीय स्थान विषहरपुर अन्जु चौधरीको टिमले ल्याएको हो । त्यस्तै चौथौ स्थान कान्तिवजार टिमले ल्याएको रुपान्तरण मिडियाका अध्यक्ष नागेन्द्र साहले जानकारी दिएका छन् । विजेता टिमलाई सस्थाको तर्फबाट नगद पुरुस्कार राशि, प्रमाणपत्रले सम्मानित गरेका छन् । प्रथम हुने टिमलाई नगद रु ४ हजार, दोस्रोलाई नगद ३ हजार, तेस्रोलाई नगद २ हजार र चौथौ ( सान्तवना) हुनेलाई नगद १ हजार राशि बराबरको पुरुस्कार प्रदान गरिएको सस्थाले जनाएको छ ।

सोही बिच मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले कार्यक्रममा सहभागी जनाएका हरेक टिमलाई नगद ५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्ने घोषणा गरेका छन् । अतिथीको रुपमा कार्यक्रममा सहभागीता जनाएका मेयर मण्डलले आफनो पालिकाकोतर्फबाट यहाँका टोलीहरुलाई सो रकम उपलब्ध गराईने भएको छ । सो रकम केहीदिनमै अनौपचारिक कार्यक्रमकाबीच प्रदान गरिने रुपान्तरण मिडिया गौशालाले जनाएको छ ।

साझा सस्कृतिको यस्ता पम्परालाई कायम राख्नका लागि यस्ता नृत्यले अहम भुमिका निर्वाह गर्दै आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले जनाएका छन् । उनले यसप्रकारका सांस्कृतिक नृत्यले हाम्रा पौराणिक एवम् सम्पदालाई जिवत राख्नका लागि सकारात्मक भुमिका निर्वाह गर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार