गाैशाला, कार्तिक ११ गते ।
महोत्तरीकाे गौशाला नगरपालिका ५ गौशाला बजारमा भक्तजनहरुले शनिबार धुमधामका साथ देवी दुर्गाको प्रतिमा बिसर्जन गरेका छन् ।
उनीहरूले जयजयकारको नारासहित हर्षोल्लासकासाथ देवी दूर्गाको प्रतिमा विसर्जन गरेका हुन् ।
यसका साथै सडकमा उनीहरू ढाेलक र तराई मधेसमा बजाउने बाजागाजाका साथ लिएर नाँचगान गरेका थिए । अन्य ठाउँमा विजया दशमीको दिन दुर्गा विसर्जन भए पनि गौशाला नगरपालिका ५ गौशाला बजारको प्रत्येक वर्ष झैं यस वर्ष पनि कोजाग्रत पूर्णिामाको दिन प्रतिमा विसर्जन गरिएको छ ।
गौशाला नगरपालिकाको गौशाला बजारमा मनाइने दुर्गा पूजामा यस क्षेत्र सहित अन्य ठाँउबाट समेत हजारौंको संख्यामा श्रद्धालुहरू पूजा तथा मेला हेर्न आएका थिए । शनिबार माता दुर्गाको प्रतिमालाई बजार क्षेत्र र नगर क्षेत्रमा परिक्रममा गरेर पोखरीमा विसर्जन गरिएको छ ।
गौशाला बजारको मूर्तिलाई गौशाला नगरपालिका ४ रजखोर स्थित मलहनीया पोखरीमा विसर्जन गरिएको छ ।
त्यस्तै गौशाला नगरपालिका २ निगौल चौकमा पनि हरेक वर्ष देवी दुर्गाको प्रतिमा बनाएर पुजा र मेला लगाउदै आएको प्रतिमा शनिबार विसर्जन गरेको छ भने देवी दुर्गाको प्रतिमा लाई नगर परिक्रमा गरि गौशाला नगरपालिका २ निगौल चौकको मूर्ति निगौल ठाकुर पोखरीमा विसर्जन गरिएको छ ।