https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा : मधेश प्रदेश सिरहा जिल्ला क्षेत्र नं. ४ कल्याणपुर नगरपालीकामा विगत एक महिना देखि विभिन्न माग र मुद्धामा चलीरहेको आन्दोलन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा वन मन्त्रि विरेन्द्र प्रसाद महतोको पहलमा आन्दोलनरत पक्ष र कल्याणपुर नपा मेयर विच पाँच वुँदे सहमती गराइ अन्दोलन स्थगित भएको छ । वार्त गराई कल्याण्पुर नगरपालीका लाई पुर्णरुपमा संचालनगराउनु भएकोमा वन तथा वातावरण मन्त्रि डा। विरेन्द्र महतोको चौतर्फि प्रशंसा भएरहेको स्थानीयहरु हर्षित मुद्रामा बताएका थिए ।

आन्दोलन स्थगीत संगै कल्याणपुर नगरपालीका को सम्पुर्ण काम काज पुरानै समयअनुसार सँचालनमा आएको मेयर रामपुकार साहले वताउनु भयो । विगत एक महिनादेखी चलीरहेको आन्दोलन जसपा नेपाल, नेपाली काँग्रेस, नेकपा एस, जनमत लगायत कल्याणपुर नपामा क्रियाशिल राजनितिक दलहरुले पालीका स्तरिय आन्दोलन गरिरहेका थिए ।

कल्याणपुर नगरपालीकाको २०८०÷०८१ को नगर सभा देखि लिएर नगरपालीका भित्र रहेको विकृति, भ्रष्टाचार हटाइ सुशासनको प्रत्याभुति गराउने उद्धेश्यले आन्दोलन गर्नुपरेको र आन्दोलन लामो समय चल्दा जनताहरुलाई दैनिक प्रशासनिक कार्यमा समेत मर्कापरिरहेकोले पहिलो चरणमा पाँच वुंदे सहमती साथ तत्काल आन्दोलन स्थगितगरेको तर सहमतिअनुसार काम नगरे पुनः आन्दोलन गर्ने चेतवानी समेत दिएको जसपा कल्याणपुर नगर अध्यक्ष दिपेन्द्र बरबरिया यादवले वताउनु भयो । 

उक्त वार्तमा विभिन्न राजनीतिक दलका प्रतिनिधि प्रशासनिक निकायहरु लगायत नागरिक समाज वुद्धिजिवीहरुको समेत उपस्थिती रहेको र बाँकि रहेको अन्य मागहरु पुनः छलफल गर्दै अगाडि बढने जसपा युवा नेता आनन्द शर्माले जानकारि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार