नरेशचन्द्र बरबरिया
सिरहा, कार्तिक १६ गते ।
मधेश प्रदेश अन्तर्गत नेपाल भारत अन्तराष्ट्रिय सीमानामा रहेका सीमा स्तम्भहरू मध्ये सन् २०१४ पश्चात निर्माण तथा मर्मत संभार भएका नेपालतर्फबाट निर्माण, मर्मत संभार र पुनर्स्थापना को काम शुरु भएको छ ।
नेपाल–भारतबिचका सीमास्तम्भको सशस्त्र प्रहरी बल नेपालले बिजोर नम्बरका सीमास्तम्भ नेपाल र जोर नम्बरका सीमास्तम्भ भारतले मर्मत गर्ने समझदारी छ । भारतले आफ्नो भागमा परेका सीमास्तम्भ नियमित मर्मत गर्दै आए पनि नेपालले गर्नुपर्ने काम चार वर्षदेखि हुन सकेको थिएन ।
सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्न्मस्ता बाहिनी द्वारा मधेश प्रदेश स्थित नेपाल-भारत सिमा पर्ने विजोर नम्बरका स्तम्भहरु बिओपि जगडिगदियानीको जिम्मेवारी ईलाका भित्र पर्ने जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं २० सिकाज्योतीमा रहेको मुख्य सीमा स्तम्भ नं. २६१/६ बाट सिमा स्तम्भको मर्मत कार्यको शुभारम्भ गरिएको सशस्त्र प्रहरी उपरीक्षक शिव प्रसाद गैरेले जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले स्तम्भमा बिधिवत रुपमा सीमास्तम्भ मर्मत कार्यको आरम्भ गरिएको छ ।
मधेश प्रदेशका आठै जिल्लामा आजैबाट सिमा स्तम्भको मर्मत तथा रंगरोदनको काम शुरु भैसकेको छ । विगतमा नापी विभाग मार्फत मर्मत हुँदै आएकामा सरकारले सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म माडरका डिएसपी राजु प्रसाद दहाल, सिरहा नगरपालिका वडा न.२० का वडा अध्यक्ष रामचन्द्र यादव, सिमा सुरक्षा बलका प्रतिनिधि,सशस्त्र प्रहरीका जवान लागयत संचारकर्मीहरुको उपस्तिथि रहेको थियो ।