https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, कार्तिक १७ गते ।
प्रत्येक देशले सवारी दुर्घटनाबाट बच्न सवारी ब्यवस्थापन र सडक अनुशासन कायम गर्ने गरेको छ । देश पिच्छे दण्ड जरिवाना, सजाय र कानुनी प्रावधानहरु फरक फरक रहेका छन ।

नेपालमा पनि सवारी साधनको बढ्दो माग, साघुरो बाटो तथा पुरानो सडक परम्परागत ट्राफिक व्यवस्थापन प्रणाली चेतनाको कमि मुखय चुनौतीको रुपमा रहेका छन । दुर्घटनालाई पुर्ण रुपमा उन्मुलन गर्न सकिदैन तर सचेत प्रयत्यन द्वारा दुर्घटना कम गर्न सकिन्छ । सवारी तथा सडक दुर्घटनाको मुख्य कारक तत्व भनेको मानवीय कारण हो ।

बिरगंजमा पनि अहिले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी पर्साका प्रमुख भास्कर खतिवडा दिनरात काम गरेर पर्सावासीलाई अनुभुति गराउन सफल भएका छन । उनी आउनु भन्दा पहिला पर्सा जिल्लाको स्थिति भयावह रहेको तथा अहिले ट्राफिक नियमको पाल्ना कडाइका साथ लागू गरिएपछी सवारी दुर्घटना केही हद सम्म कम भएको छ ।

अहिले पर्सा जिल्लामा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफीक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको कारण सडक दुर्घटना कम हुन थालेको प्रहरी निरीक्षक खतिवडाले बताए हामी ट्राफिक नियम बारे सचेत हुदा हुदै समेत जानी-जानी नियम उल्लघंन गर्छौ । हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायीत्व हो ट्राफीक नियम पालन गरौँ उनले बताए ।

अहिले ट्राफिक प्रहरी पर्साको सवारी कारवाही तथा जरिवाना सम्बन्धि विवरण हेर्दा श्रावण महिनामा कुल ७१४ जना सवारी साधनलाई कारवाही गरिएको र जरिवना मार्फत रु ६,२६,५०० रकम संकलन गरिएको छ। भाद्र महिनामा १३१६ जाना सवारी साधनलाई कार्वाही गरिएको तथा कुल १२,११,५०० हजार रकम संकलन गरिएको छ भने असोज महिनामा ११५९ सवारी साधनलाई कार्वाही गरि कुल १९,०३,५५० उठाइएको छ ।

त्यस्तै सवारी दुर्घटनामा श्रावण महिनामा २ जनाको मृत्यु भएको ५ जना सख्त घाइते भएका छन भने ८१ जना समान्य घाइते भएका छन । भदौ महिना मा ४ जना को मृत्यु भएको छ भने १३ जना सख्त घाइते भएका छन तथा ६३ जना समान्य घाइते भएका छन । त्यस्तै असोज महिनामा ५ जनाको मृत्यु भएको १५ सख्त घाइते भएको तथा ३९ जना सामान्य घाइते भएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार