देशमा सघिय लोकतान्त्रिक गन्तन्त्र आयो । घर घरमा सिंहदरबार आयो भन्थे तर नगरपालिकाहरु घुस र भ्रष्टाचारको अखाडा बन्यो ।
सिम्रौनगढ नगरपालिकाद्वारा संचालित नगर अस्पतालको नाममा सिम्रौनगढ नगरपालिका अबरोध रहयो र त्यस कारण सिम्रौनगढको जनता र बिरामीले सस्ती झेल्नु परेको छ । यदि कुनै प्राविधिक अथवा कानुनी समस्या छ भने यत्रो महिना बितिसक्दा पनि के कारणले र किन समस्या समाधान हुन सकेको छैन ? जननिर्वाचित जनप्रतिनिधीको योग्यता माथी प्रशन छ ?
बिगत महिनौं देखि सिम्रौनगढको जनताको सेवा सुबिधामा नगरसभाको नाममा अवरोध हुँदै आएको छ । सिम्रौनगढ नगरपालिका महिनौं देखि अस्तब्यस्त छ । पक्ष र बिपक्ष पुरै देश भरीकै नगरपालिकामा छ तर नेतृत्व गर्ने नेतृत्व गर्ने क्षमतामा फर्क पर्छ । हाम्रो बुझाईमा यो भागबन्डा न मिलेकै कारण अहिले सम्म अस्त ब्यस्त छ । तथापि समाजिक संजाल मार्फत जानकारी भए अनुसार नगरसभा भई सकेको कुरा बहिरिएको छ ।
नगरसभा नगरपालिकाको सभा हल्लमा हुने कुरा थियो, सुचनामा नगरसभा हल्ल नै लेखिएको थियो तर सभाहल्लमा नभई अन्तै भयो । आखिर कसरी र कुन आधारले भयो हामी र आम जनतालाई अधिकारीक जानकारी भएको छैन । नियम र कनुन सम्बत भएकै हो भने हार्दिक बधाई साथै धन्यवाद तर लुका छिपी गरि नगरपालिका कहिले सम्म चल्ने हो ?
जुन पालिकामा आज १७ दिन देखि सैक्षिक संस्थाहरु बन्द छ । देशमा नेता अथ्वा कुनै योग्य व्यक्ती गुरुले बनाउछ आज सिम्रौनगढ नगरपालिका म जति जननिर्वाचित भएको छ कतै न कतै त्यही गुरुहरुबाट पढेलेखेको छ र आज त्यँही गुरुहरु नगरपालिकाको ढोका आगडि बसेको हेर्दा त्यो नेताहरुलाई लाज लागेको छ कि छैन ? नगरपालिका को कुनै पनि कर्मचारीहरुलाई तलब पाएको छैन । सबै कर्मचारीहरु आन्दोलनमा बसेको छ । त्यो पालिकाको विकास हुन्छ सपना देख्नु मुर्खता हो । सिम्रौनगढ नगरपलिकाको हालत” गण्डा भएको अण्डा” जस्तै भयो । यो चाड पर्वको मुखमा पनि कुनै पनि कर्मचारीले तलब नपाउनु दु:खद हो ।
म पटक पटक बारम्बार भन्दै आएको कुरा हो । सिम्रौनगढले कुन राजनितिक पद पाउँछ अनि विकासको बाटो लाग्छ । सिम्रौनगढले उपराष्ट्रपति र मुख्यमन्त्री पाएको छ । अब के प्रधानमन्त्री पाउँदा विकास हुने हो ? मुख्यमन्त्रीकै पालिका यत्रो विवादास्पद छ भने प्रदेशमा विवाद नहुनु कुरै भएन । सिम्रौनगढ नगरपालिका यत्रो विवादमा हुँदा अहिले सम्म मुख्यमन्त्रीको भुमिका के रहयो ? कतै देखिए न ।
अहिलेसम्म बाहिरी रुपले यो विषयमा नबोल्नु दु:खद हो । यदि भित्रीरुपले नै सबै समस्याको समाधान गर्न खोजु भएको छ भने अहिले सम्म टुंगो किन लाग्न सकेको छैन । जुन ठाँउ जुन पालिकाको मुख्यमन्त्री हुदाहुँदै अहिले सम्म प्रसास्किय प्रमुख कोइ आउन चाह्दैन । यो भन्दा दु:खद के हुन्छ । लोसपाबाट निर्वाचित मेयर र उप केही वडा अध्यक्ष छ अनि त्यो बेला मुख्यमन्त्री लोसपाबाट निर्वाचित भएर सभामुख हुनु भएको थियो । यो पालिको चुनावमा उहा जसपाबाट चुनाव जित्नु भयो र मुख्यमन्त्री हुनु भयो ।
अब जति लोसपाबाट जितेको जनप्रतिनिधीहरु छ्न बाहिरी बुझाइबाट सबै जसपा भैइसकेको अवस्था छ । अब यसो बुझ्दा गलत हुँदैन । सिम्रौनगढ नगपालिकामा जसपा र नेपाली कांग्रेसको सता छ । पालिका भरीमा नेतृत्व पंक्तिलाई हेर्दा सबै भन्दा शिर्ष ठाँउमा जसपाको मुख्य मन्त्री नै छ । साता र पावर हुँदा हुँदै पनि समस्या समधान गराउन सक्नु भएको छैन । के सिम्रौनगढको जनतालाई शोषन गर्न खोज्नु भएको हो ? त्यसैले मुख्य मन्त्री ज्यु मुखदर्श्क हुनु भयो भने हाम्रो ठमयाई छ ।