
गाैशाला, कार्तिक १८ गते ।
महाेत्तरीमा त्रिभुवन मा.वि. गाैशालाका नवनिर्मित भवनको उद्वाटन भएको छ । गाैशाला नगरपालिका ५ स्थित त्रिभुवन माध्यमिक विधालय गाैशालाका नवनिर्मित भवनको उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको हाे ।
शनिबार एक कार्यक्रम गरि कार्यक्रमका प्रमुख अतिथि संघीय माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार रायले भवनको उद्घाटन गर्नुभयो ।
भवन निर्माणको कार्य काठमाडौंको भगत ग्रुप अफ कन्स्ट्रक्सनले पाएको थियोे । भवन ३ करोड ५ लाखको लागतमा निर्माण कार्य सम्पन्न भएका छन् । भवन निर्माणको समय १ वर्ष भएपनि ८ महिना मै निमार्णकाे काम सम्पन्न भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिमा पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादव, पुर्व गृह तथा संचार मन्त्रि तथा प्रदेश सांसद भरत प्रसाद साह, गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो, उप -प्रमुख रेणु महतो, पुर्व नगर प्रमुख शिवनाथ महतो, प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर, वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, गौशाला नगरपालिकाका १२ वटै वडाका अध्यक्ष तथा वडा सदस्यहरु लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, कर्मचारी, स्थानीय बुद्धिजीवी र शिक्षकहरु, पत्रकार लगायत सर्वसाधारणहरुकाे उपस्थित रहेको थियो ।