https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनवीर महतो
गौशाला : सदनमा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयक ऐन पारित भएपछि मुलुककै समग्र शिक्षामा सुधार आउने शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोक राईले बताएका छन् । शनिबार गौशालास्थित त्रिभुवन माविका नवनिर्मित भवनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले नेपालको संविधान २०७२ को धारालाई टेकेर तयार भएको शिक्षा विधेयकले देशका अधिकांश शैक्षिक समस्याको हल हुने मन्त्री राईले धारणा राखेका छन् ।


उनले भने, लामो समयको प्रयासपछि नेपालमा शिक्षा निती ऐन लागु हुने भएको छ । जसले शिक्षक, विद्यार्थी, अभिभावक लगायत वर्तमान शैक्षिक अवस्थाको सुधार गरिनेछ । शिक्षकको पछिल्लो मागलाई पनि सम्बोधन गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै अहिले सो ऐन सदनमा विचाराधिन अवस्थामा छ । शैक्षिक सरोकारको मद्दाहरु यसबाट सम्बोधन गरिनेछ ।

शैक्षिक सुधारकै लागि लामो छलफल र प्रयासपछि तयार भएको विधयेकले हरेकपक्षलाई सम्बोधन गर्ने मन्त्री राईले धारणा राखे । उनले अगाडि भने, सामुदायिक शिक्षालयलाई स्थानिय सरकारकै मातहतमा राखि तयार भएको शिक्षा विधेयकले हाल कायम रहेको शिक्षकको दरवन्दी मिलान यसले सहजै पुर्ति गरिनेछ । करिब ४६ हजार दक्ष जनशक्ति उत्पादनका लागि यस विधयेकले महत्वपुणर् भुमिका निर्वाह गरिनेछ । यसमा एकपटकका लागि हाल कार्यरत रहेका शिक्षकहरुको हकमा उमेर हद नलाग्ने भएपछि स्थायी प्रक्रियामा जुनसुकै उमेरले भाग लिईनेछ । जसले नेपालको सामुदायिक विद्यालयको शैक्षिक सुधारका निम्ति महत्पुणर् भुमिका निर्वाह गरिनेछ ।


एक अर्को प्रसंगमा मन्त्री राईले विद्यालयको आत्मा शिक्षक रहेकोले शैक्षिक सुधारका लागि शिक्षकलाई समयसापेक्ष रुपमा ज्ञान प्रदान गनुपर्ने धारणा राखेका छन् । शैक्षिक गुणस्तरका लागि चौतर्फी सहयोगको आवश्यक रहेको उनले धारणा राखेका छन् ।

सोहीबिच मधेश प्रदेशका पुर्वमन्त्री तथा प्रदेशसभा सदस्य भरतप्रसाद साहले यहाँको शैक्षिक गतिविधीलाई समयसापेक्ष बनाउनका लागि हरेकपक्षको सकारात्मक भुमिकाको आवश्यक रहेको धारणा राखेका छन् । गौशालालाई शैक्षिक हव वनाउनका लागि जनप्रतिनिधीलाई एकपटक सोच्नैपर्ने अवस्था रहेको साहले बताएका छन् । विकास गतिविधीलाई अगाडि बढाउने क्रममा राजनितीकमुक्त तवरले प्रस्तुत हुनका लागि सवैलाई साहले आग्रह गरेका छन् ।


सरोकारवाला निकायले शैक्षिक सुधार गर्ने क्रममा अपनत्वको भावनालाई जागृति नगरिदिदा यहाँको शैक्षिक अवस्था लथालिंग झै रहेको नगरप्रमुख डा. दिपेन्द्र महतोले बताएका छन् । पछिल्लो समयमा स्थानिय सरकार, शैक्षिक सरोकारवालाले सकारात्मक भुमिका निर्वाह नगरेकै कारण शैक्षिक क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको नगरप्रमुख महतोले स्वीकार गरेका छन् ।


गौशाला नगरपालिकाले ३ करोड बजेटमध्ये २ करोड वजेट शिक्षक (जनशक्ति) पुर्तिका लागि खर्चिएतापनि सोचेअनुसारको प्रतिफल पाउन कठिनाई भएको कुरालाई मनन गर्दै अगामी दिनमा यात्रा तय गर्नुपर्नेमा महतोले जोड दिएका छन् ।
स्थानिय सरकार मातहत रहेको नगरको सामुदायिक विद्यालयको सुधारका निम्ति सकारात्मक सोच अनि हरेकपक्षको सहयोगको आवश्यकता उपर उपप्रमुख रेणु महतोले बताईन् ।

अहिलेको समयमा सीपमुलक शिक्षा दिई विद्यालयबाटै रोजगारी पाउने आधार सहितको शिक्षा दिलाउनका लागि पहलकदमी गर्नुपर्ने सवैको अत्यन्त आवश्यक रहेको छ ।
त्यस्तै पुर्वमेयर शिवनाथ महतोले भौतिक संरचनाको साथै दक्ष जनशक्ति सहितको आधारभुत तत्वहरु समाहित गरेमात्र नमुना शिक्षालयको रुपमा त्रिभुवन माविलाई बनाउन सकिने धारणा राखेका छन् । हाल कायम रहेको अभावलाई टार्दै आवश्यक्तालाई पुर्ति गर्नु नै विद्यालय सुधारको मुख्य आवश्यकता उपर पुर्वमेयर महतोले जोड दिएका छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाबीच विभिन्न वक्ताहरुले सामुदायिक शिक्षालयको शैक्षिक गतिविधी सुधार्नका लागि चौतर्फी रुपमा सकारात्मक भुमिकाको आवश्यकता उपर जोड दिएका छन् ।


विद्यालय परिसरमा ३ करोड ५ लाखको लागतमा अत्याधुनिक भौतिक पुर्वाधारसहितको १२ कोठे भवन तयार भएको विद्यालयका प्रधानाध्यापक विनोदकुमार महतोले बताएका छन् ।

भवन निर्माणका लागि जिम्मा लिएका भगत गु्रप कन्ट्क्शनले ८ महिनाको समय लगाएर भवन तयार गरिएको प्रधानाध्यापक महतोले जानकारी दिए । समारोहकाबीच विद्यालयमा कार्यरत पुर्व प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट