गाैशाला, कार्तिक १८ गते ।
धनुषाको मिथिला नगरपालिका ८ स्थित जमुनिवासमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा नगर प्रमुख महेन्द्र महताेकाे प्रमुख अतिथिमा सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष श्री हरेराम श्रेष्ठकाे अध्यक्षता, मिथिला नगरपालिकाका नगर प्रमुख श्री महेन्द्र महतोकाे प्रमुख अतिथि तथा मि.न.पा. उप-प्रमुख सुनिता सिंह बुढाथोकीकी विशिष्ट अतिथिमा र अतिथिमा वडा नम्बर ८ का बिरेन्द्र महताे, जिल्ला सहकारी संघ महोत्तरीका सल्लाहकार श्री लिलामणि आचार्य लगायत विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, समाजसेवी, भद्रभलादमी, बुद्धिजीवी पत्रकार, संघ संस्था प्रमुख प्रतिनिधि, शेयर सदस्यहरु लगायत सर्वसाधारणहरुकाे उपस्थितिमा उद्वाटन भइ सु-सम्पन्न भयो ।