https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोत्तरीको गौशाला नगरपालिकामा ज.स.पा.क्षेत्रिय भेला कार्यक्रम सम्पन्न भएको छ । मन–मनमा ज.स.पा.,घर घर ज.स.पा. भन्ने नाराका साथ पार्टिद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य रमेश कुमार महतोले लामो समयको उपरान्त खस्केको मनोबललाई सुदृढ गरी एक ढिक्का भई अगाडी बढ्ने आजको आवश्यकता रहेको बताए । हामी दोधारमा नपरी सांगठित रुपले, राजनितिक रुपले, बैचारिक रुपले ज.स.पा. को बफादार सिपाही रहि अगाडी बढ्नु पर्ने बताएकाछन् ।

सोमबार गौशाला न.पा.को वडा नं. २ निगौलको चौधरी धर्मशालामा आयोजित ज.स.पा. क्षेत्रिय भेला कार्यक्रममा महतोले हामी कसैको र कुनै दुविधामा न फसी पार्टिको अग्रगामी भुमिका निर्वाह गर्न हामी पछाडी नहटने गरी पार्टिको शिर उठाउन सबैलाई आग्रह गरेका छन् ।


सोहि विच कार्यक्रमका सभापति गौशाला नगरपालिकाका मेयर तथा ज.स.पा.का क्षेत्रिय अध्यक्ष डा. दिपेन्द्र महतोले पार्टिको नेतृत्वमा सरकार भएको कारण सम्पूर्ण सदस्यहरुले गाउँ गाउँमा गएर जनतालाई पर्ने दुःख पिडाको बारेमा वडा सभापति, वडा अध्यक्षलाई जानकारी गराई तत्काल समस्या समाधान गरी जनतालाई सुलभ वातावरण अनुभुति दिलाउनु पर्ने बताए । यदि त्यहाँबाट पनी समस्या सामाधान नभएको खण्डमा मलाई जानकारी गराए जुनसुकै तरिकाले जनताको कामकाज तुरुन्त सामाधानको उपाय खोजिने बताए ।
गौशालालाई विकासको हव वनाउनका लागि जनप्रतिनिधीलाई एकपटक सोच्नैपर्ने अवस्था रहेको मेयर महतोले बताएका छन् ।


ज.स.पा.का क्षेत्रिय अध्यक्ष डा. दिपेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रमकाबीच विभिन्न वक्ताहरुले पार्टि विस्तार तथा पार्टिका गतिविधी सुधार्नका लागि चौतर्फी रुपमा सकारात्मक भुमिकाको आवश्यकता उपर जोड दिएका छन् । ज.स.पा.सर्वहारा वर्ग, उपेक्षीत, उत्पीडीत वर्गको पक्षमा लडिरहेको पार्टि भएको उल्लेख गर्दै अव ज.स.पा. मन–मनमा ज.स.पा.,घर घर ज.स.पा. भन्ने नाराका साथ अगाडी बढ्ने समेत बताए ।


सो कार्यक्रममा केन्द्रिय सदस्य नेत्री रामकुमारी देवी, ज.स.पा. का जिल्ला सभापति, नगरअध्यक्ष कुमरकान्त झा, वडा नं. १ का वडा अध्यक्ष नवीन साह, २ का वडाअध्यक्ष श्यामसुन्दर मंडल, ५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ता, ७ का वडाअध्यक्ष बद्रिनारायण दनुार ११ का वडा अध्यक्ष रामपृत महतो, १२ का वडाअध्यक्ष कुशेश्वर महतो पार्टिका सम्पूर्ण वडा सभापति, पार्टिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार