https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक २३ गते ।
महोत्तरीको औरही नगरपालिका वडा नं. २ बाट बेपत्ता भएका ५ जना किशोरीहरुलाई प्रहरीले फेला पारी अभिभावकलाई जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रमुख मनाेज यादवले बताए ।

महोत्तरीको औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएका थिए । वेपता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका थिए । उनीहरु विहिवार विहान १० बजेतिर धनुषाको मिथिला नगरपालिका– ६ ढल्केवरमा फेला परेकोका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरीका अनुसार ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि परिवारजनले जानकारी गराएको थियो ।

सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलासको क्रममा ढल्केवरमा फेला परेको पछि उनिहरुलाई इलाका प्रहरी कार्यालय गौशला महोत्तरीलाई जिम्मा लगाइएको थियो । किशोरीहरु घर बाट अर्केस्ट्रामा काम गर्छु भनेर घरमा नभनि सिरहाको मिर्चैया पुगेका थिए । उनिहरुले घरको मोबाइलमा टिकटक हेर्दै अर्केस्ट्राको पोस्टर हेरेर त्यहाँबाट नम्बर लिई फोन गरेर घरबाट ढल्केबर पुगेर अर्केस्ट्राका ब्यक्ती ढल्केवरबाट उनिहरुलाई सिरहाको मिर्चैया पुर्याएका थिए ।

तर त्यहाँ पुगे पछि किशोरीहरु बुबा आमाको माया र याद आए काम नगर्ने भनेपछि पुन: उनिहरुलाई सिरहाबाट घर फिर्ता पठाई दिएका थिए सोहि बेला ढल्केबरमा विहिवार बिहान् १० बजे ढल्केवर पुग्दा धनुषाको ढल्केवर प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको थियो । गौशलाका प्रहरी निरिक्षक मनोज यादव लगायत अधिकारकर्मी तथा संचारकर्मीहरुले किशोरीहरुलाई काउन्सिलिङ गरि अभिभावकको जिम्मा लगाइ घर पठाइएको छ ।

घर-परिवारबाट यातना दिएको हुनाले घर छाडेर आफै कमाउन हिँडेको उनीहरुले बताएका छन् । ‘उनीहरु घर फर्कन चाहेका थिएनन्, हामी मेयरका घरमा जान्छौँ भनेका थिए, किशोरीहरुलाई उद्धृत गर्दै इप्रका गौशलाका प्रमुख मनोज यादवले भने ।’

घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार