https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजकरण महतो
काठमाडौं : ईटहरीकी लेखापरिक्षक पृथ्वीया थापाले सोफी मिसेस नेपाल वल्र्ड २०२३ को उपाधि जितिकी छन् । उनले प्रतियोगिताको मस्ट ट्यालेन्टेडको उप—उपाधिलाई समेत आफ्नो कब्जामा परेकी हुन् । २३ जना प्रतिस्पर्धिलाई उछिन्दै थापाले मिसेस नेपाल वल्र्ड २०२३ को उपाधि जितेको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जनाए ।

‘मिसेस नेपाल वल्र्ड २०२३ छौनोट भएकी पृथ्वीया थापाले आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ,’ उनले भने, ‘ प्रतियोगिताले बिवाहित महिलाहरुलाई आफ्नो सपना सकार गर्न प्रेरित गरिरहेको छ ।’

बुधबार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतियोगित भएको थियो । जहाँ सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनल चुनिएकी छन् । एण्ड पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपउपाधि विजेतासमेत भएकी उनले एक टेलिभिजन सेट तथा सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने छिन् ।

सीता सुबेदी एमएस नेपाल इन्टरनेसनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाईस अवार्ड विजेता भएइन् । उनले एमएस नेपाल इन्टरनेसनल भएवापत एक थान ओभन प्राप्त गर्नेछिन् भने सिंगापुरमा हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

विजेताहरुलाई मिसेस वल्र्ड २०२२ सरगम कौशल, मिसेस नेपाल वल्र्ड २०२२ दीक्षा केसी र मिसेस नेपाल इन्टरनेसनलकी अभिनेत्री उषा रजकले ताज पहिराएकी थिइन् । नेपालो पहिलो नायिका भुवन चन्द थापालाई मिसेस नेपाल वल्र्डको मानार्थ उपाधिबाट सम्मान गरिएको थियो ।

प्रतियोगितामा आईना गजुरेल फस्ट रनर्सअपका साथमा वेस्ट र्याम्पवाक, निशा बिष्ट सेकेन्ड रनर्सअप, सरु आरएल राणा थर्ड रनर्सअपका साथमा फेसन आईकन र आयुष्मा राई पब्लिक च्वाइस अवार्डका साथमा भ्युअर्स च्वाइस क्याटोगोरीमा परिन् ।

अश्विनीकान्त झाको कोरियोग्राफीले चर्चा बटुल्यो भने सन्दीप भुजेलको डान्स कोरियोग्राफीले तहलका पिट्यो । दिगज्ज व्यक्तिहरुले उक्त प्रतियोगिताको निर्णायकमा थिए ।

निर्णायकमा सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआईजीपी डा. आशा सिंह, मुटु रोग विशेषज्ञ डा. ओम मुर्ति अनिल, अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार