https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/
नगर प्रमुख महतोले आफ्ना तलब बापत आएको रकमबाट दिए पुरस्कार

गाैशाला, कार्तिक २५ गते ।
महोत्तरीको गौशालामा शुरु भएको जिल्ला स्तरीय नकआउट क्रिकेट टुर्नामेन्टको फाइनल खेलमा निगौल क्रिकेट टिमविरुद्ध उषा ईन्जिनियरिङ्ग कन्सलटेन्सी (युईसी) टिमले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको निगौल क्रिकेट टिमले ६ बिकेटको छतिमा १६ ओभरमा १४८ रन बनाएको थियो । जावाफी ब्याटिङ गर्ना उत्रेको युईसी टिमले १४.३ ओभरमा १४९ को लक्ष्य पुरा गारी ४ विकेटले उपाधी हात पारेका हुन् ।

फाईनल खेलमा म्यान अफ द म्याच संजय साह, इमेर्गीङ्ग पेलेयर अफ द टुनामेनट क्याफ सेख, बेस्ट ब्याट्सम्यान प्रिन्स साह, बेस्ट विकेट किपर मो. अझरुद्दीन, बेस्ट बलर नितेश यादव, म्यान अफ द सिरिज कामेश्वर मुखिया रहेको थियोे ।

नेपालीहरुको महान चाड दशैं, दिपावली तथा छठको शुभ अवसरमा उषा ईन्जिनियरिङ्ग कन्सलटेन्सी प्रा.लि.को आयोजना र गौशाला नगरपालिका साथै विभिन्न संघ संस्था, खेल प्रेमीहरुको विशेष सहयोगमा जिल्ला स्तरीय नकआउट क्रिकेट टुर्नामेन्ट कार्तिक १ गते देखि शुरु भएको थियो । सो खेलमा ३२ टिम सहभागि भएका थिए ।

टुर्नामेन्टमा प्रथम स्थान हुने टिमलाई ५० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र त्यस्तै द्रोस्रो स्थान ल्याउने टिमलाई ३० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र दिईएको आयोजक टिमले जनाएको छ ।

गौशाला नगरपालिका वडा नम्बर १० स्थित रहेको खेल मैदानमा आयोजित जिल्ला स्तरीय नकआउट क्रिकेट टुर्नामेन्टको फाईनल सत्रलाई सम्बोधन गर्दै गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले खेल र खेलाडीलाई प्रोत्साहन गर्न उदेश्यले टुनामेटमा रहेको पुरस्कार बराबरको ८० हजार रकम आफ्ना तलब बापत आएको रकमबाट दिएको बताए । साथै गौशाला नगरपालिकाले आउँदो आर्थिक वर्षमा गौशाला क्रिकेट एकेडेमी संचालन गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार