
नवलपरासी, कार्तिक २६ गते ।
पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमा मृत्यु भएको छ ।
जिल्लाको बौंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले जाँदै गरेको यात्रुबाहक लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका – ९ गोरेघुम्तीमा दुर्घटना भएको हो ।
जिपमा ७ जना सवार थिए । जसमा चार महिला र तीन पुरुष थिए । एक जना पुरुष गम्भीर घाइते छन् । उनलाई उपचारका लागि चितवन पठाइएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । जीप अनियन्त्रित भएर घरको भित्तामा ठोक्किन पुगेको थियो । घटनाको थप विवरण आउन र मृतकहरुको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

