https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

फाइल फाेटाे

हिमाल ढुंगेल 
रामेछाप, कार्तिक २७ गते ।
रामेछापमा दिपावलीका दिन मन्दिरमा पुजा गर्नका लागि बल्ब राख्न गएका एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय रामेछापले दिएको जानकारी अनुसार जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ५ काभ्रेचौरका ३५ बर्षका महेन्द्र कडेंललाई आफ्नै घर नजिकैको मन्दिरमा बल्ब राख्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।

कडेंललाई आइतबार करेन्ट लाग्ने बित्तिक्कै उपचारका लागि काठमाण्डौं पुर्‍याइएको भएपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

दिपावलीका दिन मन्दिरमा उज्यालो बनाएर पूजा गर्ने उदेश्यले कडेंल मन्दिरमा बल्ब राख्न गएका थिए । बल्ब राख्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएको छ । सभार : नेपाल टेलिभिजन

प्रतिक्रिया

सम्बन्धित समाचार