गाैशाला, कार्तिक २७ गते ।
महाेत्तरीकाे गाैशालामा प्रदेश स्तरीय मेयर गाेल्डकप फुटबल प्रतियोगिता २०८० आजदेखि सुरु भएको छ । गाैशाला नगरपालिका वडा नं.१ स्थित रामनगरकाे खेलमैदानमा प्रदेश स्तरीय मेयर गाेल्डकप फुटबल प्रतियोगिता २०८० आजदेखि सुरु भएको हाे ।
आज पहिलो दिनकाे खेलमा बेङखाडी FC महाेत्तरी र बिरगंज युथ पर्साबिच खेल भएको थियोे । जसमा हाप टाईममै बेङखाडीले दुई गाेल गर्न सफल भएको थियोे भन्ने बिरगंज युथ पर्साले १ गाेलमात्र गर्न सकेको थिए । हाप टाईम पछि थप १ गाेल बेङखाडी महाेत्तरीले गरेपछि ३/१ मा पहिलो दिनको खेलमा बेङखाडीकाे जित भएकाे आयोजक टिमले जनाएको छ ।
प्रतियोगिताकाे उद्वाटन समारोहलाई सम्बाेधन गर्दै गाैशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महताेले स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा छ त्यसै अनुरुप खेलले स्वास्थ्यलाई पनि ठिक राख्छ भन्ने हाम्रो ठाउँ गाैशाला लगायत राष्ट्रलाई चिनाउने काम गर्छ । साथै लागू औषध नियन्त्रण गर्न समेत सहयोग पुग्छ मेयर महताेले बताउनुभयाे ।
प्रतियोगिताकाे फाइनल खेल मंसिर ५ गते हुनेछ । खेलमा प्रदेशभरिका जम्मा ९ वटा टिम सहभागी रहेका छन् । खेलमा पहिलो हुनेलाई १ लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र र दाेस्राे हुनेलाई ७५ हजार नगद, शिल्ड र प्रमाणपत्र दिने आयाेजक टिमले जानकारी दिए ।