https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक २९ गते ।
महोत्तरीको गौशाला नगरपालिकाद्वारा छठ पर्व मनाउने जलाशयहरुको सरसफाई सुरु गरेको छ ।
छठपर्व नजिकिएसँगै गौशाला क्षेत्रमा नदी तथा पोखरी सरसफाइ गर्ने क्रम गौशाला नगरपालिकाले सुरु गरेको छ ।

गौशालाको वडा नं. १ मा पर्ने मल्हनिया पोखरी, रजखोर पोखरी, बान्हटोल पोखरी, मरहाखोला गरी गौशाला नगरपालिकाको १२ वटा वडाहरुमा छठ पर्व मनाउने पोखरीहरु तथा जलाशायहरुको सरसफाई गर्ने क्रम दूई दिनदेखी सुरु भएको गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले बताए ।

स्थानीय सरकारको सहयोगमा छठ पूजा व्यवस्थापन समितिहरु मिलेर नदी तथा पोखरीहरुको सरसफाई गरिरहेका छन् ।
कतिपय पोखरीहरु वर्षभरी सफा नगरिएका कारण झारहरुले पुरै ढाकिएको छ भने कतिपय पोखरीहरुमा जथाभावी फोहोर फालिएकाले दुर्गन्धित भएको कारण स्थानीयहरुलाई सरसफाई गर्न लाखौं रुपैया खर्चिने भएको हुँदा त्यो खर्च हुने रकम आ-आफ्नो घरपरिवारको ईच्छा आकान्छामा खर्च गर्दा पारिवारीक सुख आउने मेयर महतो बताउँछन ।

छठ पर्वमा नदी, पोखरीहरुको किनारमा टेन्ट गाडेर, रंगीचंगी बत्ति लगाएर दुलही झै सिंगार्ने गरिन्छ ।
अघिल्लो दिन अस्ताउँदो सुर्यलाई पुजा गरेर भोलिपल्ट उदाउँदो सुर्यको पुजा गरिने छठ पर्वमा नदी तलाउ एवं पोखरीहरुमा गएर नै अर्घ दिने चलन छ ।

वर्षभरी पोखरीमा जथाभावी फोहोर गरिए पनि छठमा पोखरीको विशेष सरसफाइ हुने गरेको छ । मेयर महतो भन्छन ‘दिपावली र छठमा हामी घरको सफाइ गर्छौ, अब घर मात्रै होइन, टोल सफा राखौं भन्ने नाराका साथ हामी अगाडी बढौ, ’उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण र सफाइमा स्थानीयलाई जागरुक बनाउन सरोकारवालाहरुसँग मिलेर पोखरीहरुको सरसफाइ पनि गरिरहेका छौं ।’
पोखरी सफाई अभियानले छठ पर्व अझै पवित्र र मर्यादित ढंगले मनाउन लाभदायक हुने उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार