गाैशाला : महोत्तरीमा प्रहरीको नियन्त्रणबाट डाकाहरु भाग्न खाेज्दा, प्रहरी चलाएको गोली लागि दुई जना डाकाहरु घाईते भएका छन् । घाईते हुनेहरुमा सर्लाही जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं २ का ३२ वर्षिय शक्ति पासवान र सोही स्थानका ३३ वर्षिय अजय पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भईरहेको छ ।
राैतहटबाट जलेश्वरतर्फ प्रहरीको गाडीमा ल्याउने क्रममा प्रहरी नियन्त्रणबाट फरार हुन खोज्दा प्रहरीले गोली चलाउँदा उनीहरु घाईते भएको महोत्तरीका एसपी प्रकाश मल्लले जनाएको छ । सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी अचानक बिग्रिएकोले जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सबारी मगाई उक्त गाडीले महोत्तरीको सिमाना सोनमा गाउँपालिका वडा नं ५ सम्म ल्याई सो गाडीबाट पुन: महोत्तरीबाट आएको अर्को गाडीमा नियन्त्रणमा लिएको व्यक्तीलाई प्रहरीले हाल्न खोज्दा अचानक गाडीबाट हामफाली भाग्ने क्रममा प्रहरीले गोली चलाउन बाध्य भएको एसपी मल्लले जानकारी दिए ।
महोत्तरीका प्रहरी नायव उपरिक्षक दिलिप कु्मार गिरीको कमाण्डमा खटिएको टोलीले चाइनिज पेस्तोलबाट गोली फायर गर्दा शक्ति कपुर पासवान र अजय पासवानकोे बाँया खुट्टाको तिघ्रामा गोली लागि घाइते भएको एसपी मल्लले जानकारी दिएका छन् । उनीहरुको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भईरहेको छ । उनीहरुमाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ अनुसारको कार्वाही प्रक्रिया अगाडि बढाईने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक रामेश्वर प्रसाद यादवकोे कमाण्डमा खटिएको टोलीले जिल्ला रौटहट गरुडा नगरपालिका वडा नं ४ पानी ट्याङकीबाट शक्ती कपुर पासवानको साथबाट कटुवा पेस्तोल थान १ र सो मा लाग्ने गोली थान ४ ( राउण्ड) समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यस्तो छ आरोप
उनीहरुको समुहले कातिक २० गतेका दिन जलेश्वर नगरपालिका वडा नं ८ सानो रतवाराका भुबनेश्वर चौधरीको घरमा डकैटी गरेका थिए । को मुलढोका लगायतको घरको ढोकाहरुको ताल्चा फुटाइ ७/८ जनाको डाका समुह हातहतियार सहित घरमा प्रबेश गरी घरमा रहेको भुनेश्वर चौधरी, जय किसोर चौधरी, सिमा चौधरी, शैल देबी चौधरीलाई भान्सा कोठामा लगी बन्द गरि डकैती गरेका थिए ।
त्यस्तै उनीहरुले भुनेश्वर चौधरीको टाउकोमा के कुन चिज बस्तुले प्रहार गरी रगताम्य पारी घाइते बनाएको र शैल देबीलाई काठाको चिरपटले प्रहार गरी दाहिने हातमा घाइते बनाई घरबाट ४० तोला सुुनको गर गहना, चाँदीको ४५ तोलाको गर गहना, मोबाइल आइ फोन थान १, नगद १ लाख ७५ हजार रकम लुटेर लगेको आरोप रहेको छ ।