पवन प्रसाद साह
बिरगंज, मंसिर ४ गते ।
प्रत्येक वर्ष झै आज पनि तराईका विभिन्न जिल्लामा रहेका नदी पाेखरी, तलाउ, ईनार, कलमा छठि माताकाे उदाउँदो सुर्यलाई व्रतालुहरुले अर्ग दिई उदाउँदाे सुर्यलाई वर्तालुहरु द्वारा अर्ग दिई छठ पर्व सम्मापन्न भएकाे छ ।
याे पर्व खास गरि तराईका जिल्लाहरुमा मनाउने गर्दथे तर बिस्तारै विस्तरै काठमाडाै लगायत देशका मुख्य शहरहरुमा मनाउने गर्दछन। याे पर्व सवै पर्व मध्ये कठाेर पर्व रहेकाे छ चार दिन सम्म मनाउने पर्व छठ पर्व नै रहेकाे छ ।
याे पर्व सव भन्दा पहिले भारतकाे विहार राज्य सीता माताले मनाएका थिईन् त्यसै दिन देखि भारतकाे विहार लगायत अन्य देशमा मनाउने शुरु भएकाे जन विश्वास रहेकाे छ ।
यसै गरि पर्सा जिल्लाकाे वीरगंज नजिक रहेकाे अलौं पोखरी, घडिअर्वा पोखरी लगायत विभिन्न पाेखरी तलाउमा व्रतालुुहरु छठि माईकाे उदाउँदो सुर्यलाई अग्र दिएका छन ।
हुन्त धेरै गाउँ ठाउँमा व्रतालुहरु नदि, पाेखरीमा रात भरी जागरण बसेर आरधना गर्ने गरिन्छ भने कति ठाउँ अस्ताउने सुर्यलाई व्रतालुहरुले अर्ग दिई आ-आफ्नाे घरमा आई फेरि बिहान पख नदी, पाेखरी, तलाउमा उदाउँदाे सुर्यलाई अर्ग दिई याे पावन सम्मपन्न हुने गरिन्छ ।
याे पर्व गर्नाले कुष्ट राेग निकाे, सन्तान नहुनेहरुले सन्तान प्राप्त हुन्छ भने मन्यता रहेकाे विशेष जानकारहरु बताउने गरिन्छ ।