गाैशाला, मंसिर ५ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका ५ स्थित गाैशाला बजारकाे दुर्गा मन्दिरबाट लाखौंको गहना चोरी भएको छ । चाेरी भएको गहना सहित एक बालक पक्राउ परेको हाे ।
ईलाका प्रहरी कार्यालय गौशालाले मन्दिरबाट चोरी भएको १४ आना बराबरको सुनको नथिया र टिका सहित उक्त बालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
प्रहरीकाे नियन्त्रणमा रहेको बालकसँग प्रहरीले सुक्ष्म तवरले सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिएका छन् । अहिले अनुसन्धानको क्रममै रहेकोले यस विषयमा प्रहरीले विस्तृत रुपमा जानकारी दिन मानेका छैनन् ।
केहि दिन अगाडी दशैँमा भारतको राजस्थानबाट १० लाख भारुमा दुर्गा माताको मुर्ति खरिद गरि ल्याइए मन्दिरमा स्थापना गरिएको पुजारी काशिकान्त झाले बताए । छठ पर्वको पारणकाे दिन अर्थात सोमबारका दिन सो मन्दिरबाट सो आभुषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो बालकलाई आज नियन्त्रणमा लिएको हो ।