
राजेश सिंह
गाैशाला, मंसिर ५ गते ।
महाेत्तरीकाे गाैशालामा प्रदेश स्तरीय मेयर गाेल्डकप फुटबल प्रतियोगिताकाे फाईनल खेलमा बेगाडावर युवा क्लब धनुषाले जित हासिल गरेको छ । मंगलबार गाैशाला नगरपालिका वडा नं.१ स्थित रामनगरकाे खेलमैदानमा प्रदेश स्तरीय मेयर गाेल्डकप फुटबल प्रतियोगिता २०८० काे फाईनल खेलमा बेगाडावर युवा क्लबले जित हासिल गरेको छ ।
आज फाईनल खेलमा बेङखाडी FC महाेत्तरी र बेगाडावर युवा क्लब धनुषाबिच खेल भएको थियोे । जसमा हाप टाईममै बेगाडावर युवा क्लब धनुषाले दुई गाेल गर्न सफल भएको थियोे । हाप टाईम पछि थप १ गाेल बेगाडावर युवा क्लब धनुषाले गरेको थियोे । भन्ने बेङखाडी FC महाेत्तरीले १ गाेल मात्र गर्न सफल भएका थिए । ३/१ काे अन्तरालमा बेगाडावर युवा क्लब धनुषाले जित हासिल गरेको आयोजक टिमले जनाएको छ ।
प्रतियोगिताकाे समापन समारोहलाई सम्बाेधन गर्दै गाैशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महताेले स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ यस्ता खेलकुद प्रतियोगिताहरुलाई निरन्तरता दिने मेयर महताेले बताउनुभयाे । साथै खेलाडी, सहयोगी तथा दर्शकहरूले अनुशासनकाे पालना गरि शान्त वातावरणमा खेल समापन गराएकोले सबैलाई धन्यवाद समेत दिनुभयो ।
प्रतियोगितामा प्रदेशभरिका जम्मा ९ वटा टिम सहभागी रहेकाे थियोे । खेलमा प्रथम हुनेलाई १ लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र र दाेस्राे हुनेलाई ७५ हजार नगद, शिल्ड र प्रमाणपत्रहरु प्रदान गरिएको आयाेजक टिमले जानकारी दिए । प्रतियोगिता कार्तिक २७ गतेदेखि सुरु भएको थियोे ।




















