https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदीप कुमार दास
राैतहट, मंसिर ८ गते ।
रौतहट जिल्लाको चन्द्रपुरमा अवस्थित होटल तराई इनमा बाल कल्याणका लागि अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व बारे एक दिवसीय तालिम सम्पन्न भएको छ । उक्त एकदिवसीय तालिम वर्ल्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र निरन नेपालको आयोजनामा विभिन्न बालबालिकाहरुको सहभागितामा भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रमको उद्देश्यबारे छलफल र अपेक्षा संकलन, यस दिवस बारे जानकारी र यसको महत्व, सकारात्मक अभिभावकत्व, अभिभावक र बालबालिका बीचको सम्बन्ध र सकारात्मक वातावरण, बालबालिकालाई समस्या समाधान गर्न सिकाउने, अनुशासन र मार्ग निर्देशन कसरी गर्ने सम्बन्धी सिकाएका थिए ।

यो दिवस प्रत्येक वर्ष नोभेम्बर २० मा मनाइन्छ सन् १९५४ बाट मनाउन थालिएको [UN Official], सन् २०१७ को नारा : “It’s a #KidsTakeOver.”,अमेरिकाले सन् १८५७ मै बालदिवस मनाउने अवधारणा अघि सारेको थियो ।,सन् १९२३ देखि विश्वका विभिन्न मुलुकमा बाल दिवस मनाउन थालिएको पाइन्छ । विश्वमा बाल दिवसको दिन सार्वजनिक विदा दिने पहिलो राष्ट्र टर्की हो। [१९२९ अप्रिल 23],विश्वका ५० बढी देशमा प्रत्येक वर्ष जुन १ तारिखमा बाल दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघद्वारा सन् १९५९ नोभेम्बर २० मा बाल अधिकार घोषणापत्र जारी भएको थियो भने सन् १९८९ नोभेम्बर २० मा बाल अधिकार अभिसन्धि पारित भएको थियो ।,बालअधिकार अभिसन्धि नेपालले सन् १९९० सेप्टेम्बर १४ [वि.सं. २०४७ भाद्र २९] मा अनुमोदन गरेको थियो ।  संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।

बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो। नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् ।

यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्याय लगायतका व्यवस्था छन् ।

कार्यक्रम वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरू र निरन नेपालका जिल्ला अध्यक्ष मो. अनिसुर रहमान, सचिव शिवशंकर पासवान, पास्टर दीपक श्रेष्ठ, धर्म गुरुहरू, पत्रकार, बालबालिका लगायत विभिन्न अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट