जलेश्वर, मंसिर १० गते ।
जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवस मनाएकाे छ । आज महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवस मनाएकाे हाे ।
जनमत पार्टीको पुर्व घाेषित कार्यक्रम अनुसार जिल्ला कार्य समिति महाेत्तरीले जिल्ला अध्यक्ष बिरेन्द्र मण्डलकाे अध्यक्षतामा रंगभेद विरुद्धको एकता दिवस, रंगभेद आक्रमण अन्त गर नारा सहितको विरोध जुलुस निकाली कार्यक्रम सम्पन्न गरेको छन् ।
२०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नेतृत्वमा विशाल सभामा गरेको थियो ।
सोही क्रममा रंगकै आधारमा नेपाल प्रहरीले ४ सय ६५ जनालाई गिरफ्तार गरेको थियो । त्यही बेलादेखि स्वतन्त्र मधेस गठबन्धन र हाल जनमत पार्टीले यो दिवसलाई हरेक वर्ष मंसिर १० गतेको दिनमा मनाउँदै आएको छ ।
रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भाव कायम गर्न रंगभेद विरूद्ध एकता दिवस मनाउँन प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा. राउतले संकल्प प्रस्ताव पनि दर्ता समेत गराका छन् ।
जनमत पार्टीका केन्द्रीय सदस्य : संजय यादव, जिवन त्यागी तथा सुरेश सिंह, विधार्थी संघकाे जिल्ला अध्यक्ष : सुमन चाैधरी एवं संजय मण्डल, सुनिल, राेहित र जिल्ला तथा नगर स्तरका कार्यकर्ताहरुकाे उपस्थितिमा माननीय गोमा लाभ र माननीय अनिता साहले आफ्नो मन्तवय राखेका थिईन ।