जनकपुरधाम : सर्लाहीको बरहथवा नगरपालिकाका एक युवक पाइलट बन्न सफल भएका छन् । बरहथवा नगरपालिका-५ बरहथवा बजारका संगम अधिकारी पाइलट बन्न सफल भएका हुन् ।
वि.स. २०५९ सालमा सर्लाहीमा जन्मिएका अधिकारीले पाइलट विषय लिएर फिलिपिन्समा अध्ययन गरेका थिए । हालै उनले सो विषयमा स्नातकमा उतिर्ण हुँदै नाम निकाल्न सफल भएका हुन् ।
बुवा सरजुग राय र आमा राम दुलारी देवीको कान्छा सुपुत्रका रुपमा रहेका संगम अधिकारीलाई अहिले गृह जिल्ला सर्लाहीमा धन्यवाद र बधाई दिने ओइरो लागेको छ ।
पाइलट बन्छु भन्नु र त्यसको अध्यन पुरा गर्नु सहज विषयमा नभएकाले संगमले यसलाई पुरा गर्नु सौभाग्यको विषय भएको उनका आफन्तले बताए ।
बरहथवास्थित मूनलाइट इङलिस बोर्डिङ स्कुलमा कक्षा १० सम्म अध्यन गरेका थिए । त्यसपछि उच्च शिक्षा उनले युनाइटेड कलेज काठमाडौँबाट गरेका हुन् ।