गौशालाः महोत्तरीको गौशालामा बहुप्रतिक्षित ईन्जिनियरिङ विषयको पठनपाठनको लागि प्रक्रिया शुरु भएको छ ।
कलेजकाे भवन व्यवस्थित नहुँदा हालकाे लागि जनता मावि रजखाेरमा कार्यालय व्यवस्थापन गरिएकाे छ । कलेजले प्रवेश परिक्षाकाे मिति तय गरि विद्यार्थी भर्ना शुरुवात गरिएको हाे ।
यस शैक्षिकसत्रदेखि शुरु हुने मंगलबार दिउँसो राजर्षि जनक विश्वविद्यालयका उपकुलपति सहितको एक टोलीले गौशाला नगरपालिका वडा नं. ४ मा पर्ने जनता मा.वि.मा तत्तकालको लागी शुरु हुने भएको छ ।
अहिले सिभिल ईन्जिनियरिंग सकायको पठनपाठन गराउने तयारी गरिएकाे छ । सोही क्रममा विश्वविद्यालयले क्याम्पस सचालनको लागि क्याम्पस प्रमुखको रुपमा डा रामदयाल यादवलाई नियुक्त गरिएको छ ।