https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विनाेद कुमार महताे
बर्दिवास, मंसिर १३ गते ।

चुरे संरक्षणका चुनौती र सम्भावना विषयमा सामुदायिक बहस, अन्तरकृया, भ्रमण गरिएको थियो । महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा चुरे संरक्षणका चुनौती र सम्भावना विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो भने चुरे छेत्रका माथिल्लो तथा तल्लो भेगका बासिन्दा र अबलम्बन गरिएका सरक्षणका प्रयासहरुको अवलोकन गर्न भ्रमण भएको थियो ।


चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामको आयोजना, वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको आर्थिक सहयोग र चुरे उत्थानशील आयोजना कार्यान्वयन इकाई बर्दिवास तथा आसमान नेपालको सहयोगमा भएको सो कार्यक्रममा चुरे संरक्षणमा देखिएको विभिन्न चुनौती, सम्भावना र उपायबारे विज्ञहरुबिच बहस र छलफल गरिएको छ ।


समाजका अध्यक्ष डा. अनिलकुमार कर्णको अध्यक्षता तथा प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार समाजका उपाध्यक्ष अभरेन्द्र कुमार यादवले सम्पुर्ण अतिथी र सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमको शुरुवात गरेको थियो । कार्यक्रममा चुरेविज्ञ डा. विजय कुमार सिंह, मधेश प्रदेश वन मन्त्रालयका राजिव झा, पत्रकार अजित तिवारी लगायतले कार्यपत्र प्रस्तुतगर्नुभएको थियो । त्यसै गरी विशिष्ट अतिथि पुर्व वन तथा वातावरण मन्त्री शुरेश मण्डल जिल्ला वन कार्यालय धनुषाका डिएफओ बेचन चौधरी, सिरहाका सुजित झा, भु संरक्षण अधिकृत बेचन कुमार महतो, फेकोफन मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्मा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, कर्जन्हाका उप मेयर लक्ष्मी श्रेष्ठ लगायतले सहभागिताहरुले आफ्ना धारणाहरु राख्नुभयो ।


कार्यक्रममा आयोजक चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामका अध्यक्ष अनिलकुमार कर्णले चुरे संरक्षणमा संचालन गरिएको चुरे चौबटिया सम्वाद तथा पद यात्राको विषयमा जानकारी गराउनुभयो । समाजले चुरे बचाऔं, तराई मधेशको अन्न र पानी जोगाऔ नाराका साथ पहिलो चरणमा पुर्वको कोशी देखि महोत्तरीको बर्दिवाससम्म पैदल यात्रा तथा समुदायसँग चौबटिया सम्वाद गरेको जनाएको छ ।


बर्दिवास नगरपालिका अन्तर्गत रहेको चुरेक्षेत्रमा कालापानी तथा राजाबासमा क्षेत्रमा गरिएको कार्यहरु अप स्ट्रिम र डाउन स्ट्रिमको
स्थलगत अवलोकन तथा भ्रमण सरोकार वालाहरुलाई जानकारी गराउँदै वन तथा वातावरण मन्त्रालय मधेस प्रदेश अधिकृत बेचन कुमार महतोले चुरे सम्बन्धि विभिन्न जानकारीहरु गराएर थिए ।


कार्यक्रम वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग तथा चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामको आयोजनामा १५० जनाभन्दा बढी विभिन्न निकाय र सरोकारवालाहरु सहभागिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार