काठमाडौं, मंसिर १५ गते । 
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा रिहाई गर्ने वा नगर्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको हो ।

पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिएका थिए । तर अर्का न्यायाधीश जनकराज पाण्डेले भने धरौटीमा छाड्नु पर्ने राय दिएका थिए ।

दुई न्यायाधीश यसरी राय बाझिदा उनको मुद्दा विचाराधीन नै रहेको छ। संयुक्त इजलासमा राय बाझिएपछि अब यो ‍विषयमा पूर्ण इजलासमा छिनोफानो हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार