https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, मंसिर १९ गते ।
सर्लाहीको बागमती नदीमा अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक एस्काभेटर सहित तीन वटा टिपर नियन्त्रणमा लिएको छ । साथै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बरहथवा नगरपालिका र बागमती नगरपालिकाको सिमानामा पर्ने बागमती नदीलाई खोला माफियाहरुले अबैध रुपमा एस्काभेटर लगाएर उत्खनन गरिरहेको अवस्थामा मेसिनसहित तिनवटा टिपर र दुईजना चालकलाइ प्रहरीले आज नियन्त्रणमा लिएको हो।

नदीमा अबैध रुपमा ग्राभेल उत्खनन गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले थाहा पाएपछि प्रहरीको विशेष टोली परिचालन गरि नम्बर प्लेट खुल्न नसकेको एक एस्काभेटर र मधेस प्रदेश ०३ -००१ क २४१४, मधेस प्रदेश ०३ -००१ क २६०२ र प्रदेश २ -०३ -००१ क १३१८ नम्बरको तीन वटा टिपरसहित २ जना चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।

टिपर, चालक र एस्काभेटरलाई इलाका प्रहरी कार्यालय बरहथवमा राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले दोहनको बिषयमा आफूलाई नै फोन आएको र सूचना आएलगत्तै प्रहरी परिचालन गरेर समात्न लगाएको बताउँदै आवश्यक कार्यवाहीको लागि जिल्ला समन्वय समिति सर्लाहीको जिम्मा लगाइएको प्रजिअ धमलाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार