जनकपुरधाम, मंसिर २० गते ।
धनुषामा अबैध रुपमा बालुवा उत्खनन् गरिरहेकै अवस्थामा टिफर र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिथिला नगरपालिका ३ औरही खोला र बटेश्वर गाउँपालिका ५ बसि खोलामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको गस्ती टोलिले अवैध रुपमा वालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ना १ क ६९६४ र ज १ त ३६७४ नम्बरको टिफर र ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।
टिफर र ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।