बिरगंज, मंसिर २१ गते ।
प्रेस मञ्च नेपाल पर्साको नया समिति गठन भएको छ । बुधबार एक कार्यक्रमबिच प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अध्यक्ष अमरेन्द्र यादवको सभापतित्वमा तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननिय लालबाबु राउत गदिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा सर्व सहमतले नियमित खबरका संचालक अब्दुल कैश लाइ प्रेस मञ्च नेपाल पर्साका अध्यक्षमा चयन गरिएको छ ।
पर्सा जिल्लाका विभिन संचार माध्यममा आवद्ध रहेका ११ सदसिय पत्रकाहरूको पर्सा जिल्ला समिति गठन भएको हो । अध्यक्षमा अब्दुल कैश, उपाध्यक्ष अजय भोजपुरिया, सचिव सुस्मिता कुमारी यादव, सहसचिव प्रकाश सर्राफ, कोषाध्यक्ष विशाल कुमार यादव, सदस्य सुनिल राम, संजय प्रसाद कुशवाहा, अनिल गुप्ता, आशिष गुप्ता, गौरव यादव, नितेश राज यादव र मोहसिन हैदर सर्वसहमतमा चयन गरेको छ ।
कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष मनोज कुमार यादव, जसपा नेपाल राजनितिक संघका सदस्य सुरेन्द्र कुर्मि, जसपाका केन्द्रिय सदस्य फिरोज मंसुर, जसपाका पर्सा सचिव तबरेज अहमद, प्रेस मञ्चका केन्दिय सदस्य त्रिलोकिनाथ यादव, प्रेस मञ्चको केन्द्रिय कोषाध्यक्ष श्रीमती प्रतिमा चौधरीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रेस मञ्चका केन्दिय सदस्य त्रिलोकि यादवले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सुस्मिता कुमारी यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।