निरन्जन कुमार साह
गाैशाला, मंसिर २३ गते ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ मा ९ दिने नवाह सुरु भएको छ । गाैशाला नगरपालिका ४ का वडा कार्यालय स्थित ९ दिने श्री सीताराम नाम जाप नवाह महायज्ञ विहिवार देखि सुरु भएको हो ।
समाजमा अमनचैन, सुख, शान्ति होस भन्ने धार्मिक विश्वासले प्रथम पटक ९ दिने महायज्ञ सुरु भएको हो । बिहिबार बाजागाजाको साथ निकालिएको कलश यात्रा नगरपालिकाको विभिन्न भागको परिक्रमा गरि गौशाला बजारमा अवस्थित मरहा खोला (मांडवी गंगा) बाट जल भरेर कलश स्थापित गरिएको श्री सीताराम नाम जाप हुने नवाह महायज्ञको आयोजक भाभिक्षण महतोले बताए ।
महायज्ञमा करिव ११ सय कुमारी कन्या सहभागी सहितको विशाल कलश यात्रा निकालिएको थियो । उक्त महायज्ञमा विभिन्न गाउँका कृर्तन मण्डलीद्वारा आ–आफ्नो प्रदर्शनी हुन्छ । यस किसिमका कार्यक्रमले हिन्दु संस्कृतिको जगेर्ना तथा विकासमा टेवा एवं समाजमा शान्तिको आभाष हुने विश्वास रहेको गौशाला नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनारायण महासेठले बताए ।