जनकपुरधाम, मंसिर २३ गते ।
धनुषाको नगराइन नगरपालिका-७ का फिरोज नदाफ(हाफिस)लाई बचाउन गल्फ सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरिएको छ ।
नदाफलाई भारतमा अध्ययन गरिरहेको बेला उनको एउटा मिर्गौला फेल भएका थिए।उनको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका युवाहरुले गल्फ सेवा समाज संस्था नेपालको माध्यमले पीडित आर्थिक सहयोग प्रदान गरेको हो ।
गल्फ सेवा समाज संस्था नेपालको अगुवाइमा कतारमा वैदेशिक रोजगारमा रहेका युवाहरुले संकलन गरि २० हजार रुपैयाँ संस्थाका स्थानीय प्रतिनिधि मार्फत पीडितलाई हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष जमशेद राईनले जानकारी दिएको छ ।
यो संस्थाले करिब ३ वर्षदेखि अपांग, अग्नि पीडित, अति विपन्न तथा आर्थिक अभावका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको संस्थापक अध्यक्ष राईनले बताए ।