https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर २३ गते । 
मधेश प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट खेलाडीहरुलाई जलेश्वर नगरपालिका द्वारा सम्मानित गएको छ ।

प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि महोत्तरीबाट पूजा महतो लाई कप्तानका लागि छनौट गरे पछि सम्पुर्ण टिमलाई नै बधाईका ओईरो लागेका छन् ।

त्यसैको शुभअवसरमा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले युवा क्रिकेट खेलाडिलाई जागरुप गर्ने उदेश्यले राष्ट्रिय महिला क्रिकेट खेलाडि सम्पुर्ण टिमलाई गमछा ओढाई खेलाडी पोसाक सहित सम्मान गरेका छन् । साथै बधाई तथा आगामि दिनमा सफलताको उचाई चुमोस भन्दै शुभकामना समेत दिनु भयो । जलेश्वर  नगरपालिकाले पनि युवा खेलाडिहरुलाई प्रोत्साहन गर्ने लक्ष्य लिएकोले अगामि आर्थिक वर्ष देखि खेलकुद र खेलाडिहरुका लागि छुट्टै बजेट बिनियोजन गरेर अगाडि बढने मेयर साहले बताए ।

यस्तै, जलेश्वर नगरपालिका उद्योग वाणिज्य संघका महासचिवले महिला क्रिकेट सम्पुर्ण टिमलाई यहाँका महिलाको नेतृत्व गर्दै उदाहरणीय कार्य गरेको भन्दै उनको प्रसंशा गरेका हुन् ।

यस्तै , महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा  क्रिकेट खेल्ने खेलमैदान र क्रिकेट एकेडेमी संचालन गर्न सहयोग गरिदिनु हुन जिल्ला क्रिकेट संघका अध्यक्ष क्रिकेट केटर पूजा महतोले आग्रह समेत गरेका छिन् ।

उनले छोटो समयमै नेपाली महिला क्रिकेट टिममा अलराउन्डरको रुपमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।महोत्तरीको गौशाला नगरपालिका वडा नं. ९ डुवरबन्ना घर भएकी क्रिकेटर पूजा महतो राष्ट्रिय टिममा यसैबर्ष डेब्यू गरेकी हुन् ।

पूजाको कप्तानीमा महोत्तरी टिम गठन

प्रधानमन्त्री कप महिला टी २० का लागि महोत्तरीमा पूजा महतोको नेतृत्वमा टोली घोषणा गरिएको छ । अगामी पुस १ गतेदेखि हुने खेलका लागि महोत्तरीबाट उनको नेतृत्वमा टोली घोषणा गरिएको हो ।

घोषणा गरिएको टोलीमा पूजा महतो कप्तान रहेको छन् । त्यस्तै टोलीमा रोजी कदारी (उपकप्तान), सीमा कुँवर, आरती महतो, गोमा आले, मौसम झा, एञ्जिला भुजेल, सिन्धुकुमारी भुजेल, रोमिका लामा, नेहा मुखिया, ज्यास्मिन कार्की, अर्चना यादव, पुष्पा फुयाल, रानी सरार्फ र सानिया खातुन रहेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार