https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, मंसिर २४ गते ।
सर्लाहीको ईश्वरपुर – १३ मा ३२ औं अन्तर्राष्ट्रिय अपंगता दिवसकाे अवसरमा १ दिने अन्तरक्रियातम्क गाेष्ठी सम्पन्न भएको छ । आईतबार ईश्वरपुर नगरपालिका – १३ स्थित श्री नगर महरानी बजार मा ३२ औं अन्तर्राष्ट्रिय अपंगता दिवसकाे अवसरमा १ दिने अन्तरक्रियातम्क गाेष्ठी सम्पन्न भएको हाे ।

“अपाङ्गता भएका महिलाहरु माथि हुने हिंसा विरुद्धको अभियानमा हाम्रो एकबद्वता” नाराका साथ लैङ्गिक हिंसाकाे १६ दिने अभियान तथा ३२ औं अन्तर्राष्ट्रिय अपंगता दिवसकाे अवसरमा पहिचान नेपालकाे आयोजना तथा अपांग, अनाथ, बृद्ध उथान समाज नेपाल, ईश्वरपुर -१३ सर्लाहीको सहकार्यमा श्रीनगर महरानी बजारमा १ दिने अन्तरक्रियातम्क गाेष्ठी कार्यक्रम सम्पन्न भएका छन् ।

अपाङ्गता भएका ब्यक्तिहरुले सेवा सुविधाहरु पहुँच बढ्न अझै बढ्न सकेको छैन । यसको लागि संघ प्रदेश र स्थानीय स्तरमा ऐन कानुन नीति तथा नियमावलीहरु समय सापेक्ष निमार्ण/परिमार्जन गर्न आवश्यक छ । यस वर्षको नारामा उल्लेख भएझैं अपाङ्गता समावेशीमा जोडिएका दिगो विकास लक्ष्यहरुको प्राप्तिको लागि हामी सबै एकजुट भई लाग्नु पर्ने अधिकारकर्मीहरुले बताउनु भयो । साथै अपाङ्गता अधिकार सुनिश्चतताका लागि संघ, प्रदेश र स्थानीय तहमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत अपाङ्गता भएका व्यक्तिहरुको संघ संस्थाहरु र अपाङ्गता भएका व्यक्तिहरुको महत्वपूर्ण भूमिका बनाउन अनुकुल वातावरण बनाउन पनि जरुरी देखिएको उहाँहरुले बताए ।

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाएकाे छ । हरेक वर्ष आजको दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । यस्तै, अपाङ्गतामैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ।

दिवसका अवसरमा सरकारले आज अपाङ्गता भएकाहरुलाई सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार