https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोत्तरी : थमन विक हत्या प्रकरणको सुनवाई जिल्ला अदालतमा सुनवाई हुँदैछ । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको घटनाको सुनवाई आज जिल्ला अदालत जलेश्वरमा हुने भएको छ ।

सो हत्याको आरोपमा प्रतिवादी भनिएका अभिराम शर्मा, कौशल कुमार यादव, राम शंकर मिश्र, लक्ष्मि महतो कोइरी लगायतका २८ जना प्रतिवादी रहेका मध्य एक जना रिहाइ भएका थियो । जलेश्वर कारागारमा प्रदिप साह, सन्जय साह र पवन कापर लगायतको कैदी बन्दीहरु गत ७ वर्ष देखि जेल जीवन विताईरहेका छन ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले राज्यले न्यायसंगत अनुरुप फैसला नगरे आफुहरु चुप नबस्ने प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले भने, उक्त मुद्दा राजनीतिक मुद्दा हो । झुटा मुद्दा लगाएर कसैलाई पीडित बनाउन पाइदैन । यसमा वर्षौ पहिले राज्यसंग सम्झौता समेत भईसकेको छ । अब पुनः राज्यले विभेद गरे हामी चुप भएर बस्ने छैनौ ।

त्यस्तै भन्छन अहिले थमन विककाे मुद्दामा केही राजनीति दल आफ्नो स्वार्थ सिद्ध गर्ने खोजेको जसपाका युवा नेता संतोष साहले आरोप लगाएका छन् । सो मुद्दाको सुनुवाइमा कुनै त्रुटिपूर्ण भए सम्पुणर् मधेसी दल आन्दोलनमा जाने निश्चित रहेकोे धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार