https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : जनतासँग प्रत्यक्ष भेटघाट गरि उनीहरुको समस्या समाधानका निम्ति आफु सक्रिय रुपमा भुमिका निर्वाह गरिने महोत्तरी क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतोले बताए । नेकपा एमालेले महोत्तरीको गौशालामा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महतोले सो कुरा बताएका हुन् ।

पछिल्लो एक वर्षको अवधिमा यस क्षेत्रमा जनप्रतिनिधीको अभास नरहेको उल्लेख गर्दै साँसद महतोले अगाडि भने, न्यायालयले जनप्रतिनिधीको रुपमा पुनः काम गर्ने जिम्मेवारी सुम्पिएको छ । अब जनप्रतिनिधीको रुपमा सक्रिय भुमिका निवार्ह गर्नेछु । साथीहरुसँग आवश्यक सरसल्लाह गरि सक्रियता जनाउनेछु ।

जनताको वेदनालाई बुझ्नका लागि निर्वाचनक्षेत्रमा गई जनमैत्री विकास निर्माणका लागि सक्रिय भुमिका निर्वाह गरिदिनका लागि एमालेका केन्द्रिय सदस्य सरोज कुमार यादवले आग्रह गरेका छन् । उनले भने, विगत एकवर्षभरिमा सघिय साँसदमा प्रतिनिधीविहीन रहेको अवस्थालाई अदालतले स्पष्ट वाटो खुल्ला राखेको छ । अब सँसदमा लक्ष्मी महतोले महोत्तरी क्षेत्र न. १ कोतर्फबाट जनताको आवाज बुलन्द रुपमा उठान गरिनेछ । १ वर्षभरिमा विकास हुन नसकेको कार्य अब जनआवाज मार्फत यहाँ विकासको लहर छाउनेछ ।

नेकपा एमाले मधेश प्रदेशका सँसदीय दलका नेता समेत रहेका यादवले भने, अब चाँडै प्रचण्ड नेतृत्वको सरकार ढल्नेछ । पछिल्लो समयमा देशमा चरम आर्थिक मन्दी, अनियमितता, भ्रष्टाचारजस्ता अराजकता बढदै गएको छ । जसलाई एमालेले टुलटुल हेर्न वस्न सक्दैन ।त्यस्तै नमुना र शक्तिशाली प्रदेश बनाउनका लागि मधेश प्रदेशमा केही दिनभित्रैमा एमाले नेतृत्वको सरकार चयन हुनेछ । जसपा नेतृत्वको सरकार जनमैत्री कार्य गर्न नसकेको आरोप लगाउँदै यस प्रदेशमा विकासका गति चलायमान पारि मधेशलाई नमुना प्रदेशको रुपमा स्थापित गर्नका लागि एमालेको विकल्प नरहेको उनले स्पष्ट पारेका छन् ।

सोहीबिच मधेश प्रदेशसभा सदस्य शारदादेवी थापाले यस क्षेत्र जनप्रतिनिधी बिहीन हुँदा सरकार नेतृत्व दलले स्थानिय एमालेका कार्यकर्तालाई विनाकारण फसाईएको जनाएको छ । उनले थपे, न्यायालयले ढिलै भएपनि साँसद लक्ष्मी महतोको पक्षमा फैसला गरेपछि अब यहाँ विकासको लहर छाउनेछ । जनताको समस्यालाई समाधान गर्नका लागि प्रतिनिधीसभा सदस्य महतोले विशेष रुपमा भुमिका निर्वाह गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार