गाैशाला : मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । रामजानकी विवाह अर्थात विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने भएको हो
सरकारको राजपत्रमा प्रकाशित २०८० सालको विदाहरुको सूचिमा पुस १ गते विवाहपञ्चमीको अवसरमा एक दिने सार्वजनिक विदा हुने भएको छ ।
मधेश प्रदेशको पहिचान र विश्वप्रसिद्ध रहेको जानकी मन्दिर सहित जनकपुरधाममा भव्य विवाहपञ्चमी मेला लाग्ने भएपछि प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।