सिरहा, पुस २ गते ।
सिरहा नगरपालिकाको वडा न.२ सिरहाले कक्षा ८ देखि १२ सम्मका छात्रछात्राका लागि नि: शुल्क कम्प्युटर कक्षा संचालनमा ल्याएको छ ।
आइतबार कन्या आधारभूत विद्यालय सिरहाको प्राङ्गणमा एक कार्यक्रम बीच नि:शुल्क कम्प्युटर तालिमको उद्घाटन भएको छ । आज भोलि बालबालिकाहरुलाई कम्प्युटरको आधारभुत ज्ञान हुनुजरुरी भएकोले तिन महिने तालिम संचालनमा ल्याएको वडा अध्यक्ष यादवले बताए ।
सिरहा नगरपालिका वडा न.२ का वडा अध्यक्ष राकेश यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर प्रहरीका ईन्चार्ज विश्ववाबु बुढाथोकी, शिक्षक, विद्यार्थी लगायत स्थानीय भरभलादमीको उपस्थित रहेको थियो ।