https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदीप कुमार दास
राैतहट, पौष २ गते ।
महोत्तरीको सम्सी गाउँपालिका अन्तर्गत रहेका बाल अधिकार समिती तथा धार्मिक अगुवाहरुलाई लैङ्गिक हिंसा र यौन शोषण तथा दुर्व्यवहार र उत्पीडनबाट संरक्षण नीति २०८० सम्बन्धि २ दिने तालिम बर्दिबासमा सम्पन्न भएको छ ।

उक्त तालिममा सहभागी बाल अधिकार समित्ती लगायात धार्मिक अगुवाहरुलाई सहजीकरण सुलोचना खनाल र अवलोकन महिला हिंसा विरुद्धको अन्तरधार्मिक राष्ट्रिय सञ्जाल निरन नेपालका केन्द्रबाट आउनु भएका बन्दना कुमारी झा राईले गर्नु भएको थियो ।
यसैगरि समाजमा विद्दमान रहेका परम्परागत हानिकारक अभियासहरु जस्तै लैङ्गिक हिंसा, महिला हिंसा, बाल बिबाह, दाइजो प्रथा बारे छलफल गरेका थिए ।

यौन शोषण तथा दुर्व्यवहार र उत्पीडन बारे परिचय, बुझाइ, कारण तथा परिणामहरुको रोकथामहरु र  छलफल साथै नेतृत्व संस्कृति र व्यवहार परिवर्तन, यौन शोषण, उत्पीडन र दुर्व्यवहारबाट सुरक्षा नीति र प्रक्रिया, गुनासो संयन्त्र आदि बारे छलफल गर्नु गरिएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट