https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
 गाैशाला, पुस ५ गते ।
महाेत्तरीकाे गाैशाला १२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे ९ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । आईतबार एक कार्यक्रम गरि गाैशाला नगरपालिका १२ स्थित कान्तिबजारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक सधारणसभा सम्पन्न भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख : डा. दिपेन्द्र महताेले कार्यक्रमलाई सम्बाेधन गर्दै नगरभित्र रहेका सहकारीहरुले साना किसान कृषि सहकारी संस्था लिमिटेडसँग उत्पादन मुखी रहित कामहरू गर्न सिक्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले साना किसान कृषि सहकारी संस्थाले एकदम राम्रो काम गरिरहेको भनेर प्रशंसा गर्नुका साथै धन्यवाद समेत दिएका थिए । साथै संस्थाकाे भवन निर्माणकाे लागि नगरपालिकाबाट सहयोग गर्ने समेत प्रतिबद्धता गर्नुभयो ।

मिति २०७८ असाेज २१ गतेदेखि यस सहकारी संस्था लिमिटेडद्वारा गाैशाला नगरपालिका वडा नम्बर ५ स्थित गाैशाला बजारमा सेवा केन्द्र समेत संचालन ल्याए सकेको सहकारीका अध्यक्ष: हरिहर सिंहले बताए । शेयरधनीहरुकाे माग अनुसार नै गाैशाला बजारमा सेवा केन्द्र सुचारु गरेको अध्यक्ष: सिंहले जनाउनुभयाे ।

सहकारी २०७३ बैशाख ३ गतेदेखि कान्तिबजारमा ३१ जना सदस्य गठन गरि ७ लाख ७५ हजार शेयर पुजीबाट सुचारु भएका संस्थामा अहिले १ हजार २ सय २८ जना शेयर सदस्य भए, जम्मा शेयर पुजी ७२ लाख ५४ हजार ६ सय, बचत ३ करोड १३ लाख ४० हजार ७ सय ३ रुपैया र ऋण लगानी ४ करोड २ लाख ९० हजार ४ सय २७ रुपैयाँ गरि, यस आ.व.२०८० असार मसान्तसम्म १९ लाख १२ हजार ४ सय ७३ रुपैयाँ नाफा भएको र 
संस्थामा ६ करोड ५ लाख ३१ हजार ५९ रुपैयाँ बराबरको काराेबार भएको संस्थाका प्रबन्धक राम दयाल महताेले जनाए । शेयर सदस्यहरुकाे विशेष लगानीमा सहकारी मार्फत संचालनमा रहेको डेरी उधाेगलाई थप व्यवस्थित गर्ने योजना रहेको प्रबन्धक महताेले जनाए ।

संस्थामा समयमै ऋण किस्ता तथा व्याज तिरि असल ऋणीकाे परिचय बनाउन सफल भएका ११३ जना सदस्य र समयमै समुह बचत गर्ने ६ जना सदस्य तथा ग्रासाे (व्यक्तिगत) अधिकतम बचत गरेको ३ जना सदस्य र अधिकतम शेयर खरिद गरिएको ६ जना सदस्य गरि जम्मा १२८ जना सदस्यहरुलाई आरी (कठाैता) पुरस्कार दिई समान गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष: हरिहर सिंहकाे अध्यक्षता, नगर प्रमुख डा. दिपेन्द्र महताेकाे प्रमुख अतिथि, विशिष्ट अतिथि : भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उप-सचिव : राम मनि अधिकारी, राष्ट्रिय सहकारी बैंकका संचालक समिति सदस्य : निरन्जन सुरैत, सहकारी डिभिजन कार्यालयका पुर्व प्रमुख : रामपृत यादव, साना किसान विकास लघुवित संस्थाका रबिलाल आचार्य, राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय बर्दिवासका राजेश थापा, राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी विकास बाेर्डका पुर्व संचालक सदस्य : राम चन्द्र सिंह कुशवाहा, वडा नम्बर १२ का वडा अध्यक्ष कुशेश्वर सिंह, जिल्ला कृषि संघ महाेत्तरीका अध्यक्ष : शारदा दहाल, सल्लाहकार लिलामणि आचार्य, सहकारीका कार्य समितिका सम्पूर्ण सदस्य, विभिन्न सहकारी तथा संघसंस्थाका प्रतिनिधिहरु, शेयरधनी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार