https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, पुस ७ गते ।
सर्लाहीको ईश्वरपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे १७ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम गरि ईश्वरपुर नगरपालिका २ स्थित भक्तिपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक सधारणसभा सम्पन्न भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नगर उप-प्रमुख : रंजिता चाैधरीले कार्यक्रमलाई सम्बाेधन गर्दै संस्थामा काेठाका अभाव भएकोले नगरबाट दाेस्राे तल्लाकाे भवन बनाई दिने भन्ने प्रतिबद्धता गर्नुभयो । उहाँले साना किसान कृषि सहकारी संस्थाले एकदम राम्रो काम गरिरहेको भनेर प्रशंसा गर्नुका साथै धन्यवाद समेत दिएका थिए ।

सहकारी संस्था २०६३ फाल्गुन २७ गतेदेखि भक्तिपुरमा ६५ जना सदस्य गठन गरि ७ लाख ७५ हजार शेयर पुजीबाट सुचारु भएका संस्थामा अहिले १ हजार १ सय ५९ जना शेयर सदस्य भए, जम्मा शेयर पुजी ७१ लाख ८९ हजार, बचत २ करोड ४३ लाख ८ हजार ६ सय ६ रुपैया र ऋण लगानी ७ करोड ३४ लाख ७५ हजार ४ सय ३० रुपैयाँ गरि, यस आ.व.२०८९ असार मसान्तसम्म नाफा ५८ लाख ७९ हजार ३ सय ५० रुपैयाँ रहेको संस्थाका प्रबन्धक अशाेक सहनीले जनाए ।

समयमै समूह बचत गरि अधिकतम रकम बचतमा जम्मा गरेको समूह नम्बर ८, २८, ३८, ११४ र १४० समुहहरु गरि जम्मा ५ वटा समुहलाई स्प्रे टंकी दिइ समान गरेका थिए ।

आजको बन्द शत्रमा व्यापक छलफल गर्नुस् कार्यक्रम बाहिर गएर कुराे काटने नगर्नुस् सहकारी संजालका अध्यक्ष : मानबहादुर खडकाले बताए । अर्को कुराे संस्थामा भाखा नाघेको मतलब कुहेकाे आलुलाई बाेरामा राख्नु हाे त्यहीँ भएर आउँदो वर्षसम्म भाखा नाघनेलाई घटाएर न्युन गर्नुहुन्छ भन्ने शुभकामना समेत उहाँले दिनुभयो । अर्को कुराे १७ वर्षमा जसरी बचत बढाउनु पर्ने थियो त्यसरी बढन सकेन त्यहीँ भएर अहिलेकाे समयमा एक महिनामा कमसे एकदिनकाे ज्याला बचत जम्मा गर्नुस् बुढेसकालमा काम दिन्छ अध्यक्ष खड्का बताए । अर्को कुराे अब देशलाई समृद्धि तिर लान सबै कृषकहरूले व्यवसाय रुपमा खेती गर्नुपर्नेमा जाेड दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष: विजय साहकाे अध्यक्षता, नगर उप-प्रमुख : रंजिता चाैधरीकाे प्रमुख अतिथि, विशिष्ट अतिथि: पुर्व नगर प्रमुख : मनाेज देवकोटा, नेपाल कृषि केन्द्रीय संघको सचिवालय सदस्य : अन्जु पाैडेल, जिल्ला सहकारी संघका अध्यक्ष : मान बहादुर खड्का, वडा नं. १ काे अध्यक्ष : धर्मेन्द्र यादव, वडा नं. २ का अध्यक्ष : सुरेन्द्र कार्की, वडा नं. ३ काे अध्यक्ष : विश्वनाथ सहनी, वडा नं. ४ काे अध्यक्ष : प्रेम कुमार थिङ, विभिन्न सहकारी तथा संघसंस्थाका प्रतिनिधिहरु, सहकारीका कार्य समितिका सम्पूर्ण सदस्य, शेयरधनी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार