गाैशाला, पुस ८ गते ।
महोत्तरीकाे गौशाला नगरपालिकाको उपमेयर रेणु महतो चढने गाडीमा आगजनी भएको छ । गएराति गाैशाला नगरपालिका – १ रामनगर स्थित निजिवासकाे परिसरमा राखिएको प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको स्कारपियोमा अज्ञात व्यक्तिले आगजनी गरिएको हो ।
गाडीमा लागेको आगो देखेर तत्कालै निभाएकोले थप क्षति हुनबाट जोगिएको स्थानिय हरि महतोले जानकारी दिए ।
पार्किग गरि राखिएको गाडीमा भएको आगलगीबाट टायर लगायतका आंशिक भागमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रमुख मनाेज यादवले बताए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख यादवले जनाएको छ ।