
पवन प्रसाद साह
बिरगंज, पुस ८ गते ।
रा.प्र.पा नेपाल पर्सा ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पुतला दहन गरेको छ ।
क्रिश्चियनलाई मान्दिन भन्नु संविधान नमान्नु र संविधान नमान्ने देशद्रोही हुन् त्यस्तालाई हत्कडी लगाएर जेलमा हालिदिने हो’ भन्ने अभिव्यक्तिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिव्यक्ति दिएका थिए ।
त्यहि अभिव्यक्तिको बिरोधमा रा.प्र.पा नेपाल केन्द्रिय कार्यसमितिको निर्णय अनुसार रा.प्र.पा नेपाल जिल्ला कार्यसमिति पर्सा ले मन्त्री किरातीले क्रिश्चियनको पंक्षमा दिएको अभिव्यक्तिको बिरोध गर्दै मन्त्री किरातीको पुतला दहन गरेको छ ।
‘क्रिश्चियनलाई मान्दिन भन्नु संविधान नमान्नु र संविधान नमान्ने देशद्रोही हुन् त्यस्तालाई हत्कडी लगाएर जेलमा हालिदिने हो’भन्ने अभिव्यक्तिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलको पुतला दहन गरिएको रा.प्र.पा नेपालका केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसियाले बताए ।
साथै सामाजिक सदभाव बिथोल्ने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीमाथि कानुन बमोजिम कार्बाही तथा राजिनामा समेत समेत माग गरेको छ ।
उक्त पुतला दहन कार्यक्रम रा.प्र.पा नेपाल पर्सा का कार्यवाहक अध्यक्ष रोसन यादव, पार्टी का जिल्ला सचिव पवन प्रसाद साह, पार्टीका केन्द्रिय सदस्य पुनदेव यादव, केदार गौली, पार्टीका जिल्ला सदस्य दिपनारायण यादव,अनुरुध बैठा,साहेब राम, राजबाबु चौरसिया, तुलसी यादव लगायतका व्यत्तिहरुको उपस्थिति रहेको थियो ।