गाैशाला, पुस ९ गते ।
सर्लाहीको ईश्वरपुरमा रुपान्तर नेपालद्धारा आफ्नाे अधिकार तथा अपाङ्गता मैत्री सेवा प्रवाह एंव सामाजिक समावेशिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सुरु भएको छ । ईश्वर नगरपालिका अन्तर्गत नारायण आधारभुत विधालयबयलवासमा रुपान्तर नेपालद्धारा आफ्नो अधिकार तथा अपाङ्गता मैत्री सेवा प्रवाह एंव सामाजिक समावेशिकरण सम्बन्धि अभिमुखिकरण आज सुरु भएको हाे ।
ईश्वरपुर नगरपालिका १३ श्रीनगर स्थित अपाङ्ग, अनाथ वृद्ध उत्थान समाज नेपाल (DOOPUS Nepal) संस्थाको समन्वयमा रुपान्तर नेपाल संस्थाद्धारा अपाङ्गता भएका व्यक्तिहरुको आफ्नो अधिकार तथा अपाङ्गता मैत्री सेवा प्रवाह एंव सामाजिक समावेशिकरण सम्बन्धि २ दिने अभिमुखिरण कार्यक्रममा आज दाेस्राे दिनमा ३० जना भन्दाबढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागीमा कार्यक्रम भएका थिए ।
कार्यक्रमको सहजिकरण कार्यमा सहजकर्ताको भुमिकामा काठमाडौंबाट आउनु भएको प्रशिक्षक नबिन चन्द्र घिमिरेले प्रशिक्षण दिएका थिए । २ दिने कार्यक्रममा अपाङ्गताका किसिम, परिचय पत्र वितरण कार्यबिधि, अपाङ्गता समन्वय समिति गठन कार्यविधि अपाङ्गता ऐन २०७४, अपाङ्गता नियमावली २०७७ लगायत स्थानीय सरकार संचालन कार्यबिधिमा ऐन कानुनले अपाङ्गताको सबाल मुद्दामा कानुनी व्यवस्था बारेमा जानकारी गराएका थिए ।
Doopus Nepal का अध्यक्ष राम कैलास महताेले सम्बाेधन गर्दै हाम्रो अनुरोधमा अभिमुखिकरण तालिम उपलब्ध गरि गराई दिनु भएको रुपान्तर नेपालका आदरणिय व्यकित्वहरु जोइल तमाङ्ग, प्रमोद सुनुवाल, कृष्ण सर लगायत सबैमा धन्यवाद तथा अभार व्यक्त गर्छौ साथै अगामी दिनहरुमा ईश्वरपुर नपालाई अपाङ्गता मैत्री नपा बनाई मधेस प्रदेश कै नमुना नपा बनाउन, तथ्यांक संकलन, सहयोगी सामग्री वितरण आर्य आर्जन कार्यक्रम, नेतृत्व विकास तालिम अपाङ्गताको अवाज बुलन्दको लागि पैरवी वकालत कार्यको लागि निरन्तर सहयोग सहकार्य सल्लाह सुझाबको अपेक्षा सहित अनुरोध थिए ।