
जनकपुरधाम, पुस ९ गते ।
जसपा नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले गणतन्त्रको संस्थागत र संघीयताको रक्षणका लागि जसपा नेपालको संगठन बलियो हुनुपर्ने कुरा बताउंनु भयो ।
धनुषा निर्वाचन क्षेत्र नं २ अन्तगर्त औरही गाउँपालिकाको चक्कर गाउँमा आयोजित जसपा नेपाल को नगर स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले देशको एक मात्र वैकल्पिक शक्तिको रुपमा रहेको जसपा नेपाल पार्टीका नेता र कार्यकर्ताहरुको संगठन विस्तार अभियान एक जुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
औरही गाउँपालिका जसपा नेपाल नगर समितिका अध्यक्ष कमलदेव मंडलको अध्यक्ष्तामा सम्पन्न विस्तारित बैठकमा जिल्ला अध्यक्ष पशुपति यादव, क्षेत्रिय अध्यक्ष उमेश निराला, जिल्ला सदस्यहरु रिता महतो, उदयचन्द्र मिश्रा, वडा नं ५ का अध्यक्ष सरोज मंडल, वडा ६ का अध्यक्ष शंकर प्रसाद साह, नगर सचिव लालबहादुर यादव, विधार्थी नेता रामबिहारी यादव सहिताका वक्ताहरूले संगठन विस्तार सम्बन्ध विचार व्यक्त गरेका छन ।