https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


ममता अर्याल
बर्दिबास :  प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले जनताको स्नेह नै आफ्नो उर्जाको स्रोत रहेको बताउनु भएको छ ।

महोत्तरी-१ का निर्वाचित सांसद महतोले आज बिहीबार आफ्नै निर्वाचन क्षेत्रको बर्दिबास-९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा ‘हरित अभियान’ का क्रममा वृक्षारोपण समारोहलाई सम्बोधन गर्दै जनताको स्नेहले नै आपूm जनताको काखमा उभिन पाएको बताउनु भएको हो ।

पछिल्लो करिब एक वर्ष झुठा मुद्दाको प्रपञ्चले आपूmलाई जनताबाट अलग गर्ने केहीको प्रयत्न भएपनि न्यायालयको इन्साफले ती प्रपञ्च चकनाचुर भएका उहाँको कथन थियो ।
साँसद महतोले आफु सधैं सामाजिक न्याय र पूर्वाधार विकासप्रति प्रतिबद्ध रहने वाचा दोहोर्‍याउनुभयो । “यहाँका जनताको दुःखसुखमा म साथ उभिने छु” उहाँले भन्नुभयो ।

सो विद्यालयमा पछिल्ला दुई वर्षयता उत्साही युवाको पहलमा विद्यालय रुपान्तरण अभियान सञ्चालन हुँदै आएको छ । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि भइरहेको प्रयत्नमा समाजका बिभिन्न अङ्गले साथसहयोग दिइरहनु भएको स्थानीय युवा अमृतकुमार महतोको भनाइ छ । विद्यालय रुपान्तरण अभियान दुई वर्ष पहिले जनसहयोगी युवा सञ्जालले सुरु गरेको हो ।

यस अभियानका क्रममा विद्यालयमा सञ्चालित ‘हरित अभियान’ का लागि आज नै नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले बिभिन्न जातका एक हजार २०० बिरुवा विद्यालयलाई हस्तान्तरण गरेको छ । यी बिरुवा आज नै साँसद महतोको उपस्थितिमा विद्यालयमा परिसरमा रोपिएका छन् ।

बिरुवा हस्तान्तरण गर्न सङ्घका मधेश प्रदेश अध्यक्ष हीरालाल गौतम, जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्की (गोपाल) र सङ्घका पदाधिकारीहरु कार्यक्रमस्थल पुग्नुभएको थियो । विद्यालयको रुपान्तरण अभियानमा सङ्घको निरन्तर साथ रहने प्रदेश अध्यक्ष हीरालाल गौतमले प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा पशुपतिनगरबासी र विद्यालय परिवारले सांसद महतोको स्वागत गरेका थिए । कार्यक्रम विद्यालयका प्रधानाध्यापक भोजराज साहको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार