https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

File Photo
गौशाला, पुस १३ गते ।
महोत्तरीको गौशालामा शनिबार देखि फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । विर्ता स्पोर्ट्स क्लवद्वारा स्वर्गीय राम लखन चौधरीको स्मृतिमा ‘‘स्वर्गीय राम लखन चौधरी स्मृतिकप फुटबल प्रतियागिता २०८० को १२ औ संस्करण” हुने भएको छ । उद्धघाट समारोहमा प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साह आउने भएको छ ।

स्वर्गीय राम लखन चौधरी गाविस अध्यक्ष भएकै बेला जनयुद्ध कालमा उनलाई गोलि हानि हत्या भएको थियो । हरेक वर्ष स्वर्गीय चौधरीको सम्झनामा गौशालामा संचालित समाजिक संस्था विर्ता स्पोर्ट्स क्लब द्धारा विभिन्न खेलहरुको आयोजना गदै आईरहेको क्लवका सचिक ईन्दल राउतले बताएका छन ।

स्वर्गीय चौधरी एक इमान्दार र जनप्रेमी नेता रहेकोले आज पनि जनसमुदायहरु उनलाई सम्झिनामा यो खेल प्रत्येक वर्ष सफलतापुर्वक गरिरहेको सचिव राउतले जानकारी दिए ।

यो खेल प्रदेश स्तरीय हुनेछ । यस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा १६ वटा टिम सहभागी हुने छन । खेल मंसिर १४ गते देखि सुरु भई करिब एक हप्ता चल्ने आयोजक टिमले बताएको जानकारी गराएका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार