जनकपुरधाम, पुस १३ गते ।
धनुषाको औरही गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको विस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार औरही गाउँपालिका वडा नं .२ स्थित परबाहा गाउँमा जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा विस्तारित बैठक सम्पन्न भएको हाे ।
वडा स्तरीय विस्तारित बैठकमा जसपा नेपाल औरही गाउँपालिकाका नगर अध्यक्ष कमल देव मंडल,महिला केन्द्रीय सदस्य विन्दु यादव, विधार्थीका केन्द्रीय उप-महासचिव पुष्पा यादव, जिल्ला सदस्य उदय चन्द्र मिश्रा, नगर सचिव लालबहादुर यादव, वडा नं ३ का पार्टी अध्यक्ष राम ह्रदय यादव, युवा नेताहरू भरत यादव, रन्जित यादव, जितेन्द्र यादव, पार्टीका नेताहरू रामदीप मुखिया, सुर्यनारायण मुखिया सहित कार्यकर्ताहरुको सहभागिता थियो ।
सो विस्तारित बैठकबाट युवा नेता रन्जित यादवको संयोजकत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको छ ।