https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, पुष १४ गते ।
अवनी मिडिया हाउसद्वारा संचालित जनकपुर पोष्ट डटकम अनलाइन पत्रिकाको पत्रकार परिचयपत्र (प्रेसकार्ड) दुरुपयोग गरेर ठगी गर्ने एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई दीपक कर्ण नाम बताउने व्यक्तिले प्रेस कार्डको दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुरुपयोग गरिएको सो प्रेस कार्ड नक्कली रहेको र सो पास जनकपुरपोष्टको आधिकारिक परिचयपत्र नरहेको अवनी मिडिया हाउसका संचालक अमरेश मल्लिकले स्पष्ट पारेका छन् ।

पक्राउ परेको व्यक्तिले प्रयोग गरेको परिचयपत्रको जनकपुरपोष्टसंग कुनै सम्बन्ध नरहेको समेत संचालक मल्लिकले प्रष्ट पारेका छन् ।

नक्कली कार्ड बनाएर ठगी गर्नेलाई प्रहरीले कानुन बमोजिमक कडा कारवाही गर्नु पर्ने उनले माग गरेका छन् ।

यता, पक्राउ परेका माथि अनुसन्भान भइरहेको जिप्रका महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट